१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

ग्रेस एजुकेशनको शैक्षिक यात्रा भोली विराटनगरमा हुने

Logo
नमो अनलाईन प्रकाशित आइतबार, जेठ २१, २०८०

बिराटनगर। ग्रेस इन्टरनेशनल एजुकेशनको शैक्षिक यात्रा भोली विहान ८ बजे विराटनगरमा हुने भएको छ । कोशी प्रदेशको विर्तामोड र दमक पछाडी गे्रस इन्टरनेशनल एजुकेशनले आफ्नो शैक्षिक यात्रा भोली विहान ८ बजे वरगाछि स्थित इन्द्रेणी पाटि प्यालेसमा गर्ने भएको हो ।

विदेश अध्ययनमा जान चाहने विर्थीहरुलाई अवसर, योजना, र भविष्यका बारेमा पुर्व जानकारी दिने उदेश्यले गे्रसले शैक्षिक यात्रा गरिरहेको छ । शैक्षिक यात्राका क्रममा ग्रेसले देशभरिका १६ ठाउँमा शैक्षिक यात्रा गर्ने भएको हो । अहिले विद्यार्थीहरु अध्ययनका लागी विदेश जाने र नेपालमा अवसरको कमीका कारण विदेशमै पलायन हुने प्रवृती बढिरहेको अवस्थामा गे्रस इन्टरनेशनल एजुकेशनको शैक्षिक यात्राले विदेश अध्ययन पछी नेपालमा अवसरको सम्भावना, भविष्यको योजना बनाउने तरिका लगायतका विषयमा समेत जानकारी गराउने भएको छ ।

अहिले बिदेश अध्ययनमा विद्यार्थीहरुको आकर्षण अत्यधिक रहेपनी विद्यार्थीहरुमा अन्यौलता रहँदा समस्यामा पर्न सक्ने र ग्रेसको शैक्षिक यात्राले यस्तो खालको अन्योल हटाउन सहयोग गर्ने विराटनगर साखा प्रमुख प्रदिप बाँस्तोलाले बताए । कार्यक्रममा उपस्थित हुने विद्यार्थीहरु मध्येबाट लक्किड्र र विभिन्न आकर्षक गेमहरु खेलाइ विजेताहरुलाई आयोजकको तर्फबाट निशुल्क आयल्टस र पिटिइ भौचर र अन्य आकर्षक उपहारहरु समेत प्रदान गरिने बाँस्तोलाले बताए ।

शैक्षिक यात्रा विराटनगर कार्यक्रममा डोनेसन फर नेपालका अध्यक्ष सौरभ लोहनी र निर्माता, निर्देशक, तथा कार्यक्रम प्रस्तोता आर.के धितालले आफ्नो प्रस्तुती दिने भएका छन् । कार्यक्रमको स्थानिय ब्यावस्थापन लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]