०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

अग्नी पीडित परिवारलाई नेपाली काङग्रेसको राहत

Logo
अजित झा प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी देवानगन्ज गाउँपालिका–४ का अग्नी पीडित परिवारलाई नेपाली काङग्रेस सुनसरीले बिहिबार राहत वितरण गरिएको छ ।

आगलागीबाट पीडित भएका स्थानीय कालादेबी पालको परिवारलाई राहत वितरण गरिएको हो । नेपाली काङग्रेसका केन्द्रीय सदस्य राजिब कोइराला सहितको टोलीले पीडित परिवारलाई राहत वितरण गरिएको हो ।

पीडित परिवारलाई त्रिपाल, भुजा, तेल, नुन, चामल सहितको खाद्यन्न सामग्री प्रदान गरेको नेपाली काङग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

आगलागीमा परेर पाल परिवारको घर, घरमा भएको सबै सामग्री जलेर नष्ट भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]