०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

लोकसेवा तयारी कक्षा सुरु

Logo
अजित झा प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आजबाट लोकसेवा तयारी कक्षा सुरु गरेको छ ।

इनरुवा १ स्थित भगवति स्कुलमा इनरुवा नगरपालिकाको आयोजनामा लोकसेवा आयोगबाट लिने नायव सुब्बा वा सो सरहको प्रथम तथा द्धतिय पत्रको तयारी कक्षाका लागि कक्षा सुरु गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।

लोक सेवा तयारी कक्षामा सहभागीको ५० प्रतिशतको लागत सहभागीतामा तालिम सुरु भएको उहाँले बताउनुभयो । कक्षामा नायव सुब्बा वा सो सरहको प्रथम तथा द्धतिय पत्रको तयारी कक्षाका लागि आउने प्रश्न, त्यसलाई कसरी तयारी गर्ने, आउने सम्भावित प्रश्न र त्यसको उत्तर, परिक्षामा ध्यान दिनुपर्ने कुरा लगायतका बिषयमा जानकारी दिइनेछ ।

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगर क्षेत्र भित्रका विद्यार्थीले लोकसेवा परिक्षा दिदा ध्यान दिनुपर्ने कुरा लगायतका बिषयमा जानकारी दिइने बताउनुभयो ।

यो कक्षा लिएपछि केही भएपनि लोकसेवाको नायव सुब्बामा भर्ना छनौटका लागि परिक्षा दिदा केही भएपनि राहत हुने नगर प्रमुख भण्डारीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]