१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

मेयर साम्पाङ माथि जातीय, धार्मिक तथा सांस्कृतिक एकतामा खलल पुर्याएको आरोप

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, फाल्गुण ०४, २०८०

तस्विर : नमो अनलाईन

बिराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फेसबुकबाट अरूलाई मनपरी उपशब्द प्रयोग गरी गालीगलौज गर्ने तर, ‘आफू अनुकूलको विचार व्यक्त नगर्नेहरूलाई कार्यकक्षमा बोलाई बन्धक बनाएको र ‘धरान छोडेर जा’ भन्ने उर्दी जारी गरेको घट्नाप्रति आपत्ति जनाउँदै धरानका ९ वटा राजनीतिक दलहरूले आज बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सचेत गराएका छन् ।

‘पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकै आधारमा पटक-पटक गरी धरानका आधा दर्जन भन्दा धेरै जनताहरूलाई कार्यकक्षमा बोलाई बन्धक बनाएर ‘धरान छोडेर जा’ भन्ने उर्दी जारी गरेको’ वक्तव्यमा उल्लेख छ ।

कानुन विपरीत कार्य भएको भए उसलाई कारबाही गर्ने सम्बन्धित निकाय छ । तर मेयर साम्पाङले आफू नै सबै थोक भएको भन्दै कर्मचारीप्रति गर्ने व्यवहारबाट अभिव्यक्ति स्वतन्त्रता तथा मानव अधिकार माथि नाङ्गो हस्तक्षेप भई सबैलाई लज्जित बनाएको, वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा मेयर हर्क साम्पाङले आफै जातीय, धार्मिक तथा सांस्कृतिक एकता खलल पुग्ने गरी दिदैं आएका अभिव्यक्तिले समेत हामी र हाम्रो समाजलाई विभाजित गर्न खोजको, आरोप लगाइएको छ ।

भनिएको छ ‘सदियौँ देखी जातीय, धार्मिक, सांस्कृतिक एकता कायम गरेर नमुना सहरको रूपमा स्थापित धरानमा मेयर सम्पाङले यसरी जातीय, धार्मिक तथा सांस्कृतिक एकतामाथि खलल पुर्याएको छ ।’

उनले आफू अनुकूल नभएका प्रश्नहरूको जवाफ दिन नसक्ने र प्रश्न गर्नेलाई सार्वजनिक बेइज्जत गर्ने, आफ्ना अगुवा पछुवा लगाएर धम्की दिने तथा अश्लील गाली गर्न लगाउने जस्ता घट्नाहरु भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको वक्तव्यमा उल्लेख छ ।

जनताको प्रतिनिधिले आफ्ना काम, कर्तव्य र अधिकार राम्रोसँग अध्ययन गर्न र संविधानले ग्यारेन्टी गरेका विषयमा धावा नबोल्न समेत नगर प्रमुख हर्क साम्पाङलाई सचेत गराउन चाहन्छौँ भनी वक्तव्यमा चेतावनी दिइएको छ ।

संयुक्त वक्तव्यमा नेपाली काँग्रेसका सभापति श्याम पोख्रेल, नेकपा एमालेका कावा अध्यक्ष पारस काङमाङ राई, नेकपा माओवादी केन्द्रका अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बु, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, रास्वपाका सभापति सुमन श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टी धरान इन्चार्ज देउमान मेन्याङबो, राप्रपा नेपालका संयोजक नरेश शाक्य, सलोराम लिम्बुवानका अध्यक्ष मोहन तिगेलाले हस्ताक्षर गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । नेपाली मुस्लिम समाज सुनसरीले प्रधानमन्त्रि पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । नेपाली मुस्लिम समाज सुनसरीका एक प्रतिनिधि मण्डलले विभिन्न माँग तथा ध्यानाकर्षण सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत बुझाएको हो । सो ज्ञापन पत्रमा नेपाल बहुजातिय , बहुधार्मिक एवं बहुसाँस्कृतिले भरिएको देश हो । बहुजातिय , बहुभाषिक बहुधार्मिक , बहुसाँस्कृतिक […]

विराटनगर । मोरङमा सभा, सम्मेलन गर्न रोक प्रशासनले रोक लगाएको छ । विराटनगर १५ र १७ नम्बर वडामा बुधबार दुई समूहको झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै भेला र सम्मेलन गर्न रोक लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहद्धारा जारी सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको […]

इलाम । बिदाबाहेक सधैंजसो अनिवार्य कार्यालयमा उपस्थित हुने धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार भने कार्यालयमा थिएनन् । उनी इलाममा हुने चुनावी सभालाई सम्बोधन गर्न इलाम पुगेका छन् । उनले इलाम पुगेर इलाम २ मा डकेन्द्रसिं थेगिमलाई भोट गर्न अपिल गरेका छन् । मङ्गलबार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले स्वतन्त्र उम्मेदवार थेगिमलाई भोट […]