१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

विधुतीकरण अपडेट : विधुत पोल धमाधम गाडिदै

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, जेठ २५, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाइन

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले पालिका भित्रका किसानहरूको आय आर्जन बृद्धि र स्तर उन्नतीको लागि पालिका अध्यक्ष बेचनप्रसाद मेहताको अगुवाइमा “सुखी किसान देवानगञ्जको पहिचान” भन्ने मुल नाराका साथ पालिका भरी पुर्ण विधुतीकरण गर्ने गुरु योजना देवानगञ्ज गाउँपालिका र नेपाल विधुत प्राधिकरणको संयुक्त लगानीमा जेठ ११ गते शिलान्यास भएको विधुतीकरणको काम देवानगञ्ज गाउँपालिका वडा नं. २ चमेनिया पोखरी जाने बाटो भन्दा उत्तर तिर विधुत खम्बा (पोल) गाड्ने काम धमाधम सुरु भएको छ।

देवानगञ्ज गाउँपालिकाको ५ करोड र नेपाल विधुत प्राधिकरणको ५ करोड गरी पहिलो चरणमा वडा नं. २, ३, ४, र ५ मा जम्मा १० करोडको आयोजना ठेक्का सम्झौता भएकोले सोही अनुरूप काम सुरु गरिएको जनाईएको छ।

बिहिबार पालिका अध्यक्ष बेचनप्रसाद मेहता, वडा नं. २ का अध्यक्ष जगनारायण मेहता र वडा सदस्यहरुको उपस्थितिमा विधुत खम्बा गाड्ने काम सुरु गरिएको हो।

यो योजनाले देवानगञ्ज गाउँपालिका भरिका किसानले राहत पाउने भएका छन्। स्थलगत सिंचाईको लागि राम्रो व्यवस्था नभएकोले सतहको पानी पम्पसेटको प्रयोग गरि सिंचाई गर्दा निकै झन्झटिलो र खर्चिलो हुने गर्दछ। सबै किसानले यो योजना समापन पस्चात विधुतको माध्यमबाट सिंचाई गर्न पाउनेछन्।

यता किसानहरु पालिका अध्यक्ष बेचनप्रसाद मेहताले गरेको कार्यको प्रसंसा गरेका छन् । आज सम्म नेपालमै कहीँ लागु नगरिएको योजना हाम्रो लागि पालिका अध्यक्षले ल्याएकोमा प्रसंसा गरेका हुन् ।

स्थानिय किसान डम्बर यादव भन्छन् “धेरै नेताहरूले चुनावको समयमा गरेको बाचा पुरा गर्दैनन् तर हाम्रो अध्यक्षले गरेको बाचा पुरा हुँदै छ, यो योजना बाट म लगायत धेरै किसानले राहात पाउने छ।

अर्का किसान गुलावचन्द मेहताले भने अध्यक्ष ज्यूलाई जति धन्यवाद दिए पनि कम हुने छ। बर्षौ देखि सिंचाईको समस्या रहेको यो ठाउँमा यस्तो योजना ल्याउनु निकै ठूलो कुरा भएको बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]