०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

मोरङमा बोक्सी भन्दै महिलालाई कुटपिट एवं मलमूत्र खुवाएर यातना दिएको आरोपमा एक जना पक्राउ

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, फाल्गुण ०४, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । मोरङमा बोक्सी भन्दै एक जना महिलालाई कुटपिट एवं मलमूत्र खुवाएर यातना दिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका-७ की पारो माझी छन्।

उनले छिमेकी समेत रहेकी महिलालाई बिहीबार यातना दिएर अमानवीय व्यवहार गरेको पाइएको हो। घटना बिहीबार दिउँसो साढे २ बजेतिरको हो।

पारोले आफूलाई झाँक्री/तान्त्रिकको रूपमा चिनाउँछिन्। उनको घरमा पूजा लगाइएको थियो। पूजा लगाउनेक्रममा दियो हराएको निहुँमा यातना दिइएको डिएसपी दाहालले बताए।

‘पूजामा भएको दियो हराएको भन्ने रहेछ। हराएपछि उहाँले आफ्नो तन्त्रमन्त्र गर्नुभयो। त्यसपछि छिमेकी महिलाले लुकाएको भन्दै बोक्सी भन्दै यातना दिन थाल्नुभएको रहेछ,’ उनले भने, ‘यसरी मलमूत्र समेत खुवाइएको रहेछ।’

यसबारे साँझ साढे ५ बजेतिर प्रहरीलाई खबर भएको थियो। उक्त खबरपछि प्रहरीले पारोलाई पक्राउ गरेको हो।

अहिले उनीमाथि जिल्ला अदालत मोरङबाट म्याद थप गर्ने तयारी भइरहेको डिएसपी दाहालले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]