०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

महासमिति सदस्य ओसार्न ४ रूटमा २० गाडीको व्यवस्था

Logo
नमो संवाददाता प्रकाशित सोमबार, फाल्गुण ०७, २०८०

तस्विर : नमो अनलाईन

काठमाडौं । नेपाली कांग्रेसले महासमिति सदस्यहरूलाई बैठकस्थलमा आवतजावतका लागि २० वटा बसको व्यवस्था गरेको छ।

कार्यालय सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार चारवटा रूटमा २० वटा बसको व्यवस्था गरिएको हो।

गौशालाबाट ६ वटा, नारायणगोपाल चोकबाट २ वटा, नयाँ बसपार्कबाट ४ वटा र भद्रकालीबाट ६ वटा बस छुट्ने पौडेलले बताए।

कांग्रेसले छुटेका महासमिति प्रतिनिधिहरूलाई सातदोबाटोको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को कार्यालय अगाडिबाट लैजाने र गोदावरीबाट फर्किन ६ बजे आ-आफ्नो रूटका बस चढ्नुपर्ने पनि कांग्रेसले जनाएको छ।

नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सोमबार उद्घाटन हुँदैछ। बैठक तीन दिनसम्म चल्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]