०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

मूर्ति सेलाउन लैजाने समूहमाथि मुस्लिम समुदायले ढुङ्गा हान्दा उतपन्न विवाद समाधान

पुरानै सहमतिअनुसार रौतहटमा सरस्वतीको मूर्ति बिसर्जन
Logo
नमो संवाददाता प्रकाशित सोमबार, फाल्गुण ०७, २०८०

तस्विर : नमो अनलाईन

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिभित्रै पुरानै सहमति अनुसार सरस्वतीको मूर्ति बिसर्जन गरिएको छ । मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति सेलाइएको हो ।

ईशनाथ–७ घिउरा गाउँस्थित विद्यालय छेउको सार्वजनिक पोखरीमा यस अघि भएको सहमति अनुसार मूर्ति सेलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा डीआईजी  पोखरेल, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धान विभागका डीआइजी सञ्जय यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।
बैठक लगत्तै संघीय सांसद किरण कुमार साह, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादव, तीनै सुरक्षा निकायका डीआईजी, पार्टीका प्रतिनिधि सम्मिलित टोली पुगेर चार दिनदेखि थन्किएको मूर्ति बिसर्जन गरेको हो ।
यस अघि संघीय संसद किरण कुमार साहको पहल तथा प्रमुख जिल्ला अधिकारी रेग्मीको अध्यक्षतामा ईशनाथ–७ घीउरा गाउँमा डिजे बाजा सहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँ छेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा बिसर्जन गर्ने सहमति भएको थियो । सोही निर्णय अनुसार मूर्ति विसर्जन गरिएको हो ।

शनिबार सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका केही व्यक्ति घाइते भएका थिए ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु आदेश जारी गरेको थियो । आइतबार पनि कर्फ्यु जारी रह्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]