१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

पूर्वी अफगानिस्तानमा गएको पहिरोमा परी २५ जनाको मृत्यु

Logo
रासस प्रकाशित सोमबार, फाल्गुण ०७, २०८०

तस्विर : फाईल

पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा आइतबार पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमबार बताएका छन्।अधिकारीका अनुसार आइतबार राति नोरगरम जिल्लाको तातिन दारा क्षेत्रमा भारी वर्षा र हिउँ परेपछि भएको दुर्घटनामा महिला तथा बालबालिकालगायतका धेरै व्यक्ति परेका छन्।

उनीहरूका अनुसार उद्धार कार्य जारी छ। पहिरोका कारण कम्तीमा २० वटा घरहरू क्षतिग्रस्त भएका छन्। घटनाको पुष्टि गर्दै राष्ट्रिय विपद् अधिकारीका प्रवक्ता मुल्लाह जानान स्याकले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या परिवर्तन हुनसक्ने बताए।

राजधानी सहर काबुलसहित अफगानिस्तानका केही भागहरूमा आइतबार दिउँसोदेखि वर्षा र हिमपात भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँ दिल्ली । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ। चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा गर्मी हावाको लहरका कारण समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । समाचार पढदै गर्दा उनको रक्तचाप अचानक घट्यो। दूरदर्शनको कोलकाता […]

नयाँदिल्ली । गुजरातको अहमदाबाद–वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना भएको छ । सो भयानक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । नादियाद नजिकै तीव्र गतिमा आएको कार पछाडिबाट आएको तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको हो । प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको छेउमा रोकिराखिएको […]

संयुक्त अरब इमिरेट्स (यूएई)मा ७५ वर्षयताकै उच्च वर्षा भएको छ । ‘खातम अल शक्ला’ क्षेत्रमा २ सय ५४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सन् १९४९ मा डाटा सङ्कलन शुरु भएदेखि दस्तावेज गरिएको तथ्याङ्कलाई पार गर्ने गरी वर्षा मापन भएको त्यहाँको राष्ट्रिय मौसम केन्द्रले जनाएको छ । सडकमा बाढी आएको छ । केही सडक […]