विराटनगर । विगत केहि समय देखि बिराटनगर लगायत देशका विभिन्न भागमा धर्मिक कार्यक्रमहरु बक्लिदै गएको छ ।
विराटनगरमा समेत कृष्ण जन्म अस्टमिकोको दिन निकालिने राधाकृष्ण रथ यात्रा बहेक अन्य कुनै रथ यात्रा हरु लिकलियेको देखिदैन । तर, यो बर्ष मात्रै ३ ठुलो रथ यात्रा विराटनगरमा निकालिएको छ । आज पनि इस्कोन विराटनगरको आयोजनामा जगन्नाथ रथयात्रा निकालिएको छ ।
आज पनि इस्कोन विरराटनगरले आयोजना गरेको जगन्नाथ रथयात्रा भब्यताका साथ सम्पन्न भएको छ । विराटनगरस्थित राम जानकी मन्दिर बाट निस्किएको रथले बिराटनगर नगरपरिक्रमा गरि सिटि प्यालेसमा समापन भएको थियो ।
यात्रामा विभिन्न झाकि सहित रथलाई बजार परिक्रमा गरिएको हो । रथ यात्रामा भक्तजनको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।