०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

सुनसरीको तिन स्थानमा ५ हजार विद्यार्थीहरुको सहभागितामा संस्कृति ज्ञान परिक्षा गराइने

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, फाल्गुण ०८, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । सुनसरी जिल्लाका तीन स्थानमा ५ हजार विद्यार्थीहरुको सहभागितामा स्वामी विवेकानन्द सस्कृती ज्ञान परिक्षा गराइने भएको छ ।

हिन्दु स्वयसेवक संघ नेपाल, सुनसरीका सहसञ्चालक दिलिप साहका अनुसार जिल्लाका तीन स्थानमा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यनरत कक्षा ६ देखि १० सम्मका ५ हजार विद्यार्थीहरु प्रतिष्पर्धामा सहभागी हुनेछन । उनले फागुन २१ गते इनरुवाको सुनसरी बहुमुखी क्याम्पसको मैदानमा इनरुवा नगरपालिका, भोक्राहा–नरसिंह र कोशी गाउँपालिकाका २ हजार विद्यार्थीहरुको सहभागिमा एकै साथ परिक्षा हुने बताए ।

यसैगरि इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिका र गढी गाउँपालिकाका १५ सय विद्यार्थीहरु दुहवीमा आयोजना हुने संस्कृति ज्ञान परिक्षामा सहभागी हुने साहले बताए । त्यस्तै देवानगञ्ज गाउँपालिका स्थित कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा हरिनगर, बर्जु र देवानगञ्ज गाँउपालिकाका १५ सय विद्यार्थीहरुको सहभागितामा परिक्षा सञ्चालन हुनेछ ।

हिन्दु स्वयसेवक संघ नेपाल सुनसरीका संचालक मनोजकुमार यादवले तीन वटै केन्द्रमा सहभागी विद्यार्थीहरुले ५० वटा प्रश्नको उत्तरमा चिन्ह लगाउनु पर्नेछ । परिक्षमा सहभागि भएकाहरुको छनौट सोही दिन गरि प्रत्येक केन्द्रमा प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो र सानत्वनालाई जनही ५ हजारका दरका पुरस्कार दिने व्यवश्था मिलाईको बताए । देवानगञ्जमा भने प्रथमलाई ११ हजार, दोस्रोलाई ७ हजार, तेस्रोलाई ५ हजार र सानत्वना २५ जनालाई एक एक हजारको दरले प्रदान गरिने छ ।

परिक्षामा सहभागी हुने विद्यार्थीहरुले एक सय रुपैया तिरेर नेपालको धार्मिक तथा संस्कृतिसँग सम्बन्धित रहेका प्रश्न पत्रभएको पुरुतक खरिद गरेर त्यसकै अन्तिम पेजमा भएको फर्म भरेर सहभागी हुन सकिने सहकार्यवाह शन्तकुमार मेहताले जानकारी दिनुभयो । उत्तरहरुको पुस्तक सम्बन्धित विद्यालयका सम्पर्क व्यक्तिसँग नाम दर्ता गराएर लिन सकिने जानाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]