१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

शिक्षक महासंघ बर्जुको अध्यक्षमा विजय चौधरी सर्वसम्मत

Logo
नमो अनलाईन प्रकाशित सोमबार, जेठ २९, २०८०

देवानगञ्ज । शिक्षक महासंघ नेपालअन्तर्गत सुनसरीको बर्जु गाउँपालिकामा नयाँ कार्यसमिति गठन भएको छ। बर्जुमा शिक्षक महासंघ नेपालको ७७ वटा जिल्लामध्ये पहिलो भन्ने सर्वसहमत रूपमा गठन भएको हो। विजय चौधरीको अध्यक्षमा गठन भएको उक्त समितिमा जम्मा २३ जना सदस्य रहेका छन्।

तात्कालीन नेपाल शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मञ्च र मधेशी शिक्षक युनियन को रूपान्तरित साझ संस्थाको रूपमा गठन भएको नेपाल शिक्षक महासंघ– नेपाली शिक्षकहरूको एक मात्र आधिकारिक युनियन हो ।

२०७१ सालमा जन्मिएको महासंघले यताका वर्षमा सामान्य परिचय बनाए पनि यसलाई राज्य, राजनीतिक दल र कर्मचारीतन्त्र, गैरसरकारी क्षेत्रका साथै शिक्षा क्षेत्रमा क्रियाशील व्यक्ति तथा संघसंस्था र स्वयं यसका आबद्ध घटक संस्था र तिनका नेताहरूले समेत उचित महत्वव र हैसियत प्रदान गरिरहेका छैनन् ।

शिक्षक समुदायका पेशागत युनियनलाई कुनै पनि देशमा शिक्षा विकासको एक महत्वपूर्ण पक्षका रूपमा स्वीकारिएको पाइन्छ । तर सँगसँगै राज्य, गैरसरकारी संघसंस्था, शिक्षा अभियन्ता र कतिपय शिक्षाविद्हरूले समेत शिक्षकका तिनै संगठन र तिनको उपस्थितिलाई रुचाइरहेको पाइँदैन ।

अझ्, नेपाल जस्ता शासन प्रशासनमा दलगत प्रभाव ज्यादा रहेका विकासोन्मुख देशहरूमा बलियो र स्वतन्त्र शिक्षक युनियन बन्न नदिने प्रवृत्ति शिक्षक युनियनभित्र र बाहिर दुवैतिर पाइन्छ । नेपाल शिक्षक महासंघ पनि केही हदसम्म त्यही प्रवृत्तिको शिकार भएको बुझन कठिन छैन ।

समिति गठन कार्यक्रममा नेपाल शिक्षक संगठनका अध्यक्ष युवराज श्रेष्ठले बर्जु गाउँपालिकामा मात्रै गठन भएर आफूहरूका माग–मुद्दाहरु पूरा हुन नसक्ने जनाए।

यस्तै, नेपाल शिक्षक संघ बर्जुका अध्यक्ष बिनोद गुरुङले पटकपटक ध्यानाकर्षण गराए पनि शिक्षा ऐन प्रभावकारी हुन नसकेको बताए ।

कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला सचिव रोहनराज कार्की, प्रल्हादकुमार कामत, नेपाल शिक्षक संगठनका उपाध्यक्ष सत्यनारायण मेहता, नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष रमानन्द मण्डल र नेपाल शिक्षक महासंघ निर्वाचन समितिका जिल्ला संयोजक भुमिका देवि मगरले नवगठित समितिलाई शुभकामना दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]