०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

सवारी दुर्घटनामा शिक्षकको मृत्य

Logo
अजित झा प्रकाशित बिहिबार, फाल्गुण १०, २०८०

तस्विर : फाईल

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहरामा सवारी दुर्घटनामा आज एक शिक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय तेन्जिङ तामाङ (तितुङ) रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४९२९ नम्बरको स्कुटर आफैं अनियतन्त्रित भएर सडकको साइडमा रहेको स्कुलको भित्तामा ठक्कर हुँदा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका तमाङको उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तितुङ तरहरा स्थित प्याराडाइज बोर्डिङ स्कुलका शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

साथीसँग भेटघाट गरी घर आउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]