०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

प्रदेशमा रहेको धार्मिक स्थल प्रदेशकै मातहतमा ल्याउने : मन्त्री किराती

Logo
अजित झा प्रकाशित शुक्रबार, फाल्गुण ११, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कोसी प्रदेशमा रहेको धार्मिक स्थल प्रदेशकै मातहतमा ल्याउने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीले शुक्रबार सुनसरीको धरान उपमहानगरपालिकामा पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री किरातीले सो कुरा बताउनुभएको हो ।

उहाँले कोसी प्रदेश भरीमा रहेका पाथीभरा, हलेसी, वराहक्षेत्र, कचनकवल लगायतका धार्मिक क्षेत्रलाई प्रदेश सरकार मातहत ल्याउने तयारी भएको र यसका लागि आवश्यक नीति निर्माण गरेको जानकारी दिनुभयो ।

कोशी प्रदेशका धार्मिक स्थललाई प्रदेश सरकार मातहत ल्याउने निर्णय समेत गरिसकेको मन्त्री किरातीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]