०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

भारतीय सुरक्षाकर्मीका कारण सीमा क्षेत्रमा स्थानीयलाई समस्या, सुरक्षाको व्यवस्था गर्न माग

Logo
अजित झा प्रकाशित सोमबार, फाल्गुण १४, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । भारतीय सीमा सुरक्षा बल एस.एस.बी.का कारण सीमा क्षेत्रका नेपाली जनताले अनाहकमा दुःख पाउने क्रम अझै नरोकिएको भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन् ।

जिल्ला सुरक्षा समितीले सुनसरीमा सुरु गरेकोे सीमा पैदल यात्रा तथा अन्तरक्रिय कार्यक्रममा भारतीय ज्यादती रोक्न केन्द्रिय स्तरबाटै पहल गर्न स्थानीयले माग गरेका हुन् ।

एसएसबीले नाकामा नेपालीलाई पटक–पटक कुटपिट गर्ने र लुट्ने गरेको भन्दै भारतसंग सीमा जोडिएको सुनसरीका स्थानीयले नेपाली माथी पटक पटक एसएसबीबाट दुव्र्यवहार हुने क्रम नरोकिएको हरिनगर सीमा क्षेत्रका स्थानीयवासी इसराईल मंसुरीले बताउनुभयो ।

दुई देशको सीमा नाका खुल्ला भएका कारण नेपाली रोजगार र किनमेलका लागि नाकामा पुग्ने गरेका छन् । नाकामा भारतीय सुरक्षा बल एस.एस.बीले दुव्र्यवहार गर्ने क्रम नरोकिएको स्थानीय कासिम मियाले बताउनुभयो । केही दिन अघि पनि एसएसबीले नेपाल प्रवेश गरेर परिवारका सदस्य माथी कुटपिट गरेको उहाँको भनाई रहेको छ ।

अन्तर्राष्ट्रिय सीमा सम्झौता अनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न र प्रयोग गर्न नपाउने प्रावधान भएपनि नेपाल–भारत सिमानामा पर्ने दशगजा क्षेत्रमा भारतीयले निर्वाध रूपमा घरटहरा बनाउने गरेको हरिनगरका अताउल अन्सारीले बताउनुभयो ।

भारतीय पक्षले दशगजा क्षेत्रमा अनाधिकृतरुपमा निर्माण गरेको संरचनाका कारण मलमुत्र समेत नेपाल तर्फको ढलमा मिसाइदिने गरेको उहाँले जानकारी दिनुभयो ।

एस.एस.बी.को दुब्र्यवहार र ज्यादतीले घरै छोड्नुपर्ने अवस्था सिर्जना हुने गरेको स्थनीय महम्मद सहवाज आलमले बताउनुभयो । सिमा क्षेत्रमा बिगतदेखीनै यताको मान्छेको खेती उता र उताको मान्छेको खेती यता हुने गरेको अवस्थामा भारतीय पक्षबाट कृषि कार्यमा पनि अवरोध हुने गरेको उहाँले बताउनुभयो ।

सीमा समस्या र बिवाद नसुल्झिँदा स्थानीय नेपालीले भौतिक र मानसिक दुवै हिसाबले तनाव खेप्नुपरेको स्विकार्दै यसका लागि माथिल्लो निकायबाटै पहल हुनपर्ने कार्यक्रममा स्थानीयको गुनासो पछि सशस्त्र प्रहरी बल कोसी प्रदेश प्रमुख डिआइजी अञ्जनीकुमार पोखरेलले बताउनुभयो ।

सशस्त्र प्रहरीले सिमित श्रोत र साधनका बाबजुद सुरक्षा प्रदान गरिरहेकाले यसमा स्थानीयको पनि उत्तिकै साथ चाहिएको उहाँले उल्लेख गर्नुभयो ।

कतिपय घटना तल्लो स्तरबाटै आफुकहा आइनपुग्ने भएकाले निराकरणका लागि समय लाग्ने गरेको उहाँको भनाई रहेको थियो । दुई देशका सुरक्षा अधिकारी बिच हुने नियमित बैठकमा स्थानीयको समस्या राखेर समाधान निकाल्ने पोखरेलले आश्वासन दिनुभयो ।

पाच दिन सम्म चल्ने सीमा पैदल यात्रा तथा अन्तक्रियामा प्राप्त सुझावलाई कार्यन्वयनका लागि पहल गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।

सीमा क्षेत्रमा हुने अबैध गतिबिधि रोक्न भारतसंग सीमा जोडिएको सुनसरीको ६३ किलोमिटर क्षेत्रमा हुने चोरी तस्करी र अपराधिक गतिबिधि रोक्न यो कार्यक्रमले सहयोग पुग्ने आचार्यको भनाई छ ।
यसका साथै सुनसरी प्रशासनले सिमाक्षेत्रको नियमित अनुगमन, समन्वयत्मक छलफल र प्रचारप्रसार लगायतका कार्यक्रमलाई समेत तिब्रता दिएको आचार्यले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]