०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

विराटनगरका व्यवसायीहरूसँग महानगर मेयरको गुनासो : राम्रो काम गर्दा पनि आलोचना गरियो

Logo
नमो संवाददाता प्रकाशित बुधबार, फाल्गुण १६, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । महानगरको अस्तव्यस्त ट्राफिक व्यवस्थापन गर्दा व्यापार सुक्यो भनी आलोचना गर्ने व्यवसायीहरूले भन्सारमा जोगबनीबाट भित्रिने वस्तुको जाँचपासमा कडाइ गर्न समन्वय गर्दा पनि महानगरपालिकालाई जस नदिएको गुनासो मेयर नागेश कोइरालाले गरेका छन् ।

उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा व्यवसायीहरूसँग गुनासो पोख्दै उनले भने, ‘सरकार र निजी क्षेत्र बिचको सहकार्य बिना मुलुकको आर्थिक विकास हुँदैन ।’

देशको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहँदै आएको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्र बिचको सहकार्य प्रभावकारी नभएकै कारण सोचेजस्तो देशको विकास हुन नसकेको बताए ।

जोगबनीबाट वस्तु भित्रिन खुकुलो भएकोले विराटनगरेको व्यापार सुक्यो भनी गुनासो गर्नेहरूले भन्सार जाँचपासमा कडाइ गर्न महानगरपालिकाले समन्वय गर्दा आलोचना गरेको बताउँदै उनै व्यवसायीहरूले विराटनगरको पार्किङ व्यवस्थापन गर्दा व्यापार सुक्यो भनी आलोचना पनि गरेको बताए ।

मेयर कोइरालाले भने, ‘सडकको पार्किङ हटाउँदा व्यापार भएन भनेर भन्नेहरू अहिले पार्किङ सुविधा दिँदा पनि व्यापार भएको कुरा नगर्ने गरेको छैनन् ।’ विराटनगरमा जे गर्दा पनि आलोचना गर्ने मानसिकता हाबी भएको उनको भनाइ थियो ।

कुनै काम गर्न खोज्दा समर्थन हुँदैन भने कसरी सहकार्य हुन्छ ? विराटनगर सबैको हो, जे निर्णय गरे पनि विरोध मात्रै गर्ने हो भने कसले बनाउँछ विराटनगर ? भनी उनले प्रश्न गरे । सहकार्य गर्नका लागि सहअस्तित्व स्वीकार हुनुपर्ने मेयर कोइरालाले आग्रह गरे ।

बूढीगंगा गाउँपालिकाका प्रमुख जीतनारायण थापा मगरले औद्योगिक क्षेत्र समेटिएको पालिकाको विकासमा सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरे । उनले निजी क्षेत्रले एउटै राज्यमा तीन स्थानमा कर बुझाउनु परिरहेको बाध्यता कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल आवश्यक रहेको बताए ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले लगानी आकर्षण हुन नसक्दा सरकारले निर्माण गरेको संरचना प्रयोगविहीन रहेको बताउँदै निजी क्षेत्रले आफ्नो जिम्मेवारीमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष भीम पौडेलले सरकार र निजी क्षेत्र बिचको सहकार्यले मात्रै देशको आर्थिक विकास हुने बताए ।

महिला उद्यमी सुनिता छाराहाङ, निशा श्रेष्ठ, कृति श्रेष्ठ, साना तथा मझौला व्यवसायी सङ्घका अध्यक्ष गोपाल बहादुर पराजुलीले सहकार्यमा जोड दिए । उद्योग व्यवसाय क्षेत्रमा आइपर्ने समस्या स्थानीय सरकारले नै समाधान गर्नु आवश्यक रहेकोमा जोड दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]