१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

भि ३० मोडलका नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक गर्दै भिभो

Logo
नमो संवाददाता प्रकाशित बुधबार, फाल्गुण १६, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । भिभोले नेपालमा भि३० मोडलका नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको छ ।

बजारमा रिलिज गर्न लागेको भिभो भि३० ले ग्राउन्डब्रेकिंग टेक्नोलोजीको साथ प्रयोगकर्तालाई फेरी पनि आकर्षित पार्ने भएको छ । यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता गरेको छ । भिभोको स्लीक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको परम्परालाई कायम राख्दै यो रिलिजसँगै भिभोले प्रयोगकर्ताको क्षणहरू कैद गर्न मात्र नभई ती क्षणहरूलाई जीवनभरका लागि जीवन्त राख्ने लक्ष्य राखेको छ ।

भिभो भि३० ले भि सिरिजको सिग्नेचर औरा लाइट र स्लिम डिजाइनलाई समेत जारी राखेको छ । यो स्मार्टफोन भिभोको ५००० एमएएचको विशाल ब्याट्री भएको सबैभन्दा पातलो स्मार्टफोन हो । भि३० ले ड्रप सिमुलेशन र चरम तापक्रम परीक्षणहरू सहित ७० भन्दा बढी कठोर परीक्षणहरू सफलतापूर्वक पार गरेको छ । साथमा थ्रिडी कर्भ स्क्रिनले यसलाई हाइ एन्ड स्मार्टफोन अनुभूति दिनेछ । उत्कृष्ट १२० हर्ट्ज रिफ्रेस रेटको साथमा भि३० ले स्टनिङ भिजुअल प्रदान गर्नेछ ।

नयाँ प्रविधिको साथमा भिभोले प्रयोगकर्ताहरूको आवश्यकताहरू पुरा गर्दै गएको छ । भिभो प्रयोगकर्ताहरूमाझ चर्चित औरा लाइटको साथमा भिभोले उक्त प्रतिबद्धतालाई जारी राखेको छ । भि३०मा रहेको औरा लाइटले सामान्य फ्ल्यास भन्दा ठुलो र नरम फिल लाइट प्रदान गर्नेछ । साथमा यसको पुरानो भर्सनको तुलनामा राम्रो कलर टेम्प्रेचर प्रदान गर्नेछ । भि३०मा रहेको डिस्टान्स सेन्सिटिभ लाइटिङले क्यामेराबाट सब्जेक्टको दूरी अनुसार बुद्धिमानी रूपमा लाइटलाई समायोजन गर्दछ । अपग्रेड गरिएको औरा लाइट पोर्टेट फिचरले आकर्षक पोर्टेटहरु प्रदान गर्नेछ ।

पारिवारिक जमघटहरू र चाडपर्वहरूमा प्राय ग्रुप फोटो नै रुचाउने गरिन्छ । यही मागलार्ई सम्बोधन गर्दै भि३०ले वाइड-एंगल क्यामेरालाई अपग्रेड गरेको छ । भि३०मा रहेको ५० एमपी एएफ अल्ट्रा वाइड-एंगल क्यामेरा फिचरले परिवार र साथीसँगको सुन्दर सम्झनाहरू जीवन्त रूपमा खिच्न मद्दत गर्नेछ ।

प्रभावशाली क्यामेरा बाहेक भि३० मा आकर्षक ८० वाटको फास्ट चार्जिङ पनि उपलब्ध हुनेछ । साथमा यसको ठुलो ब्याट्री क्षमताले प्रयोगकर्तालाई जीवनका सबै क्षणहरू कैद गर्ने क्षमता प्रदान गर्नेछ । भि३० फोन मात्र नभई दैनिक  जीवनको भरपर्दो साथी बन्नेछ ।

भिभो भि३० ले आधिकारिक लन्च हुनु अगावै नै ग्राहकमाझ निकै उत्साह पैदा गरिसकेको छ । भि३० ले फ्ल्यागशिप भि सिरिजमा उत्कृष्ट एडिसन भई स्मार्टफोनको अनुभवलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तिमीमाथि ठुलो भार छ तिमीसँग दुख अपार छ तर जेसुकै होस ; तिमी चै हाँस्न नछोड है !   तिमीलाई रुवाउन खोज्ने हजार छन् तिम्रो खुसि देख्ने एक आध छन् तर जेसुकै होस ; तिमी चै हाँस्न नछोड है !!   तिमीलाई लडाउन चाहनेको संसार छ तिमीलाई डुबाउन खोज्नेको व्यापार छ तर जेसुकै होस ; […]

काठमाडौं । भारतीय अभिनेत्री राखी सावन्तविरूद्ध मानहानिको निवेदन दर्ता भएको छ। उनीविरूद्ध मुम्बई एनसिबीको पूर्व क्षेत्रीय निर्देशक समीर वानखेन्डेले मानहानिको निवेदन दिएका हुन्। राखीसँगै उनका वकिल काशिफ अली खानविरूद्ध पनि निवेदन दिएका छन्। समीरले राखीविरूद्ध आफ्नो छवि खराब गरेको आरोप लगाएका छन्। उनले यस मुद्दामा ११ लाख भारू क्षतिपूर्ति माग गरेका छन्। भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार समीरले […]

काठमाडौं। गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा ‘लै बरिलै‘ रिलिज गरिएको छ । सार्वजनिक गीतमा अमर दिप विसीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको एरेन्ज मदन केसीले गरेका हुन्। मुकेश नेपालीको कोरियोग्राफी तथा राजु अर्यालको निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी […]