०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

इनरुवा नगरपालिकाले गरे एकै पटक १६ वटा टेण्डर आहवान

Logo
अजित झा प्रकाशित बिहिबार, फाल्गुण १७, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले एकै पटक १६ वटा शिर्षकमा टेण्डर आह्वान गरेको छ ।

इनरुवा नगरपालिका क्षेत्र भित्रमा १० वटै वडाको बिभिन्न पूर्वाधार निर्माणको कार्य तर्फ १६ वटा टेण्डर आह्वान गरेको छ ।

नगरपालिकाले इनरुवा ९ बबियामा रहेको सरस्वति माविको भौतिक पुर्वाधार(अधुरोध भवन निर्माण गर्ने कार्य), इनरुवा २ रामबहादुर बस्नेत घरको दक्षिण देखि सत्यनारायण यादवको घर सम्म नाला सहित बाटो स्तर उन्नति गर्ने कार्य, इनरुवा १ मा रहेको राष्ट्रिय बाणिज्य बंैक अगाडिको बाटोमा टाइल लगाउने कार्य, इनरुवा २ मा महानन्द मेहताको घर देखि उत्तरको बाटोमा पक्की नाला तथा पक्की सडक निर्माण गर्ने कार्य, इनरुवा २ मा अधुरो शहरी स्वास्थ्य केन्द्र भवन तथा कम्पाउण्ड वाल निर्माण गर्ने कार्य, इनरुवा १ मा परियार टोलको बाटोमा टाइल लगाउने कार्य, इनरुवा १ नम्वर वडा कार्यालय देखि पूर्वबाट गौतम झाको घर देखि पश्चिम जाने बाटोमा पक्की नाला तथा ग्राइभेल गर्ने कार्य, इनरुवा ३ नम्वर वडा कार्यालय भवन माथिलो तल्ला थप गर्ने कार्य, नगर क्षेत्र भित्र रहेका विद्यालयका लागि डेक्सबेञ्च सेट खरिद गर्ने कार्य, इनरुवा ४ मा रन्धीर चौधरीको घर जाने सडक आरसीसी सडक निर्माण गर्ने कार्य, इनरुवा ४ मा जेष्ठ नागरिकको भवन निर्माण, इनरुवा २ मा अधुरो कुशवहा समाजको भवन निर्माण गर्ने कार्य, इनरुवा ५ मा मण्डल टोलको नाला निर्माण गर्ने कार्य, इनरुवा ५ मा आदर्श टोल भरत दाहालको घर देखि दक्षिण जाने सडक र हरि चौधरीको घर देखि उत्तर जाने सडक साइड वाल तथा कार्यालय सडक निर्माण गर्ने कार्य, इनरुवा ३ नम्वर वडा कार्यालयमा कम्पाउण्ड वाल तथा डेङ्ग निर्माण गर्ने कार्य र इनरुवा २ मा महानन्द मेहताको घर देखि पूर्व सरोज मिश्राको घर जाने सडक निर्माण गर्ने कार्यका लागि नगरपालिकाले टेण्डर आह्वान गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।

इनरुवा नगरपालिकाले विकास निर्माणको कार्य नगरेको भनी हल्ला गर्नेलाई र बिकास निर्माणको कार्य गर्नका लागि एकै पटक १६ वटा योजनाको बिषयमा टेण्डर आह्वान गरेको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीले बताउनुभयो ।

नगर क्षेत्रमा जनताको अपेक्षा र अकांक्षा धेरै भएको र बजेट समिति भएका कारणले सोचे अनुसारको विकास निर्माणको कार्य गर्नका लागि नसकेपनि क्रमिक रुपमा नगर क्षेत्रमा रहेको समस्यालाई सधान गर्दै अगाडि बढेको नगर प्रमुख भण्डारीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]