२७ भाद्र २०८१, बिहिबार
12-09-2024 , Thu
×

इनरुवामा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा

Logo
अजित झा प्रकाशित शुक्रबार, फाल्गुण १८, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी दरमुकाम इनरुवा नगरपालिका क्षेत्र भित्रमा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा भएको छ ।

इनरुवा नगरपालिकाले आज सरोकारवालासंगको अभिमुखिकरण कार्यक्रमको आयोजना गरेर फागुन २२ गते देखि ३० गते सम्म सञ्चालन हुने दादुरा–रुबेला बिरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

नगर क्षेत्रमा खोप अभियान सञ्चालनका लागि ९२ वटा खोप लगाउने बुथ निर्धाण गरिएको इनरुवा नगरपालिकाका स्वास्थ्य शाखाका सन्तोष देवले जानकारी दिनुभयो । नगर क्षेत्र भित्र खोप अभियान सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति परिचालन गरिएकाृे समेत उहाँले जानकारी दिनुभयो । अभियानका लागि खोप केन्द्रमा परिचालित हुने इन्चार्जलाई अभिमुखिकरण, विद्यालयका शिक्षक, स्वमसेवक, स्वास्थ्य व्यवस्थापन लगायतलाई अभिमुखिकरण लगायतको कार्यक्रम सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उप–प्रमुख बिनिता मेहता, इनरुवा ५ का वडाध्यक्ष अनिल पोखरेल, कार्यपालिका सदस्य बिनोद अटल, योगेन्द्र शर्मा, निमित प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौला, स्वास्थ्य शाखाका निखिल पोखरेल लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । गर्मीमा पानीको कमीका कारण तपाईँको घाँटी लगातार सुख्खा भइरहेको छ, चक्कर आइरहेको छ, आँखा रातो भएको छ वा पिसाब पहेँलो भइरहेको छ भने यो तपाईँको स्वास्थ्यको लागि चेतावनीको सङ्केत हुनसक्छ । तपाईँको शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले तपाईँको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यी प्रभावहरूलाई डिहाइड्रेसन भनिन्छ अर्थात् शरीरमा पानीको कमी । […]

काठमाडाैँ । बिहान खाली पेटमा फलफूलको जुस पिउनुको सट्टा ताजा फलफूल खानु राम्रो हुन्छ । यसमा फाइबर हुन्छ, जसले चिनीको प्रभाव कम गर्न काम गर्छ। गर्मीमा नरिवल पानी, तरबूज, कागती, कागती पानी पनि सेवन गर्न सक्नुहुन्छ । यदि तपाई बिहान खाली पेटमा जुस पिएर आफ्नो स्वास्थ्यमा सुधार ल्याउन चाहनुहुन्छ भने गल्तिले पनि यस्तो गल्ती नगर्नुहोस्, अन्यथा […]

इनरुवा । सुनसरी दरमुकाम इनरुवा नगरपालिका क्षेत्र भित्रमा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा भएको छ । इनरुवा नगरपालिकाले आज सरोकारवालासंगको अभिमुखिकरण कार्यक्रमको आयोजना गरेर फागुन २२ गते देखि ३० गते सम्म सञ्चालन हुने दादुरा–रुबेला बिरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । नगर क्षेत्रमा खोप अभियान सञ्चालनका लागि ९२ […]