०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

करिव ३ हजार केजी गाँजा सहित ६६ जना पक्राउ

Logo
अजित झा प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरीको सीमावर्ती नाकाको प्रयोग गरेर पछिल्लो समय गाँजा तस्करी बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङक अनुसार चालु आर्थिक बर्षमा सुनसरीमा गाँजा तस्करीको क्रम बढ्दो क्रममा रहेको पाइएको छ ।

जिल्लाको बिभिन्न स्थानबाट चालु आर्थिक बर्षको अहिले सम्ममा २ हजार ६ सय ६८ केजी गाँजा सहित ६६ जना मानिस पक्राउ परेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका मध्यै ४१ जना नेपाली र २५ जना भारतीय रहेको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

सुनसरी प्रहरीले सुरु गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले सो परिणाममा गाँजा सहित मानिस पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीले जानकारी दिनुभयो ।

जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ३ हजार केजी गाँजा सहित ६६ जनालाई पक्राउ गर्नका लागि सफल भएको छ । सबै भन्दा बढी गाजाँ र मानिस नेपाल–भारतको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खुल्ला सीमाका कारणले नेपालबाट भारत तर्फ तस्करी भइरहेको अवस्थामा गोप्य सूचनाको अधारमा गाँजा बरामद गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]