०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

भट्टराईको स्मृति दिवसको अवसमा इनरुवामा मैनवत्ति प्रज्वलन

Logo
अजित झा प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काङग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसर पारेर आइतबार दिप प्रज्वलन गरिएको छ ।

इनरुवा १ स्थित लोकतान्त्रिक चौकमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको स्मृति दिवसको अवसरमा नेपाली काङग्रेसले दिप प्रज्वलन कार्यक्रम गरिएको पार्टीका युवा नेता धिरज भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेता एवम् पूर्व राज्य मन्त्री सिताराम मेहताले सन्त नेताको जीवन र त्याग बारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा नेपाली काङग्रेसका उपसभापति पंकज महतो, इनरुवा नगरपालिकाका उप–प्रमुख बिनिता मेहता, पूर्व उप–प्रमुख जमुना गौतम पोखरेल, नगर उपसभापति विनिता दाहाल, युवा नेता धिरज भट्टराई, चन्दन यादव, शिवकुमार यादव, योगेन्द्र मेहता, जमील अख्तर अजाद, बब्लु भगत, चन्दन यादव लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका लोदाई बहरदारका छोरा राहुल बहरदारले आज बिहान आ त्म हत्या गरेका छन्। उनले आफ्नो घरभन्दा करिब डेढ किलोमिटर पश्चिममा रहेको मकैबारीमा मसला रुखमा झुन्डिएर ज्यान लिएका हुन्। स्थानीयहरूका अनुसार राहुल केही दिनदेखि मानसिक तनावमा देखिएका थिए। उनी प्रेमीकाको विवाह अरू कसैसँग भएको खबर पाएपछि चिन्तित भएका थिए। स्थानीयहरूले […]

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]