०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

देवानगञ्जका किसानलाई मोटर वितरण

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, फाल्गुण २१, २०८०

देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिकाका किसानलाई सिंचाइ गर्न सहजताका लागि विद्युत् मोटर वितरण गरेको छ। खुशी किसान देवानगञ्जको पहिचान नारा अन्तर्गत देवानगञ्ज गाउँपालिकाका ७ वटै वडाका किसानलाई मोटर वितरण गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा किसानको खेतखेतमा विद्युत् विस्तार गर्ने कार्य भई रहेकै वेला गाउँपालिकाले मोटर वितरण गरेका छन् । गाउँपालिकाले माग गरेको निवेदन अनुसार पालिका भित्रका ३२४ किसानबाट माग निवेदन आएकोमा ती किसानलाई मोटर वितरण गरेको जनाएको छ । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले पहिलो चरणमा वार्ड नं १, २ र ३ का कृषकहरुलाई मोटर वितरण गरेको जानकारी दिनुभयो ।

त्यस्तै दोस्रो चरणमा ४,५,६ र ७ नं. वडाका कृषकहरुलाई क्रमशः मोटर पम्प वितरण गरेको बताउनुभयो । उहाँले किसानको सहजताको लागि पहिलो चरणमा खेतखेतमै विद्युत् विस्तार गर्ने कार्यको सुरुवात गरेको र त्यसपछि मोटर पम्प ३२४ जना कृषकहरुलाई सिंचाइ मोटर पम्प वितरण गरेको बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]