१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

अभिषेक गिरीद्वारा विद्यालयमा पंखा वितरण

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, जेठ ३२, २०८०

बिराटनगर । समाजसेवी अभिषेक गिरीले विराटनगर १८ मा रहेको श्री जनक आधारभुत विद्यालयलाइ पंखा वितरण गरेका छन् । गिरीले आज विद्यालयले गरेको एक कार्यक्रमका अवसरमा ४५ हजार रकम बराबरको पंखा वितरण गरेका हुन् ।

विराटनगर लगायत तराईका ठाउँमा केहि साता अत्याधिक गर्मि बढेसंगै विद्यालयहरु केहिदिन विदा गरिएको थियो । विराटनगर १८ मा रहेको श्री जनक आधारभुत विद्यालयका विद्यार्थीहरु विना पंखा अत्याधिक गर्मि सहेर अध्ययन गर्दे आइरहेका थिए । विद्यालयको कुनै पनी कक्षा कोठामा पंखा नभएका कारण विद्यालयले विहानको कक्षा संचालन गर्दे आइरहेको थियो ।

विद्यालयले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी मोरङ क्षेत्र नम्बर ५ ९ख० का संसद माननिय अमृत अर्याल र समाजसेवी अभिषेक गिरीले संयुक्त रुपमा विद्यालयलाइ पंखा वितरण गरेका थिए । कार्यक्रमकै अवसरमा संसद अर्यालले विराटनगर १८ मा मा।वि विद्यालय नभएको र मा।वि विद्यालय बनाउन आफु लागिरहेको बताएका छन् । साथै उनले पछिल्लो समय गिरीले समाजका लागि राम्रा कार्य गर्दे आइरहेको र समाजसेवामा लाग्न आफुले संधै प्रेरित गरिरहेने बताए ।

विद्यालय वा अन्य कुनै पनी क्षेत्रमा आफुले सहयोग गर्नु पर्ने भए आफु तयार रहेको गिरिले बताए । उनले समाजसेवामा आफु लागिरहेको र आफुले समाजका लागि राम्रो कार्य गर्दे अगाडि बढ्ने बताए ।

कार्यक्रममा विराटनगर १८ का वडाध्यक्ष, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक , शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]