०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

इनरुवा १ मा नाला निर्माण

Logo
अजित झा प्रकाशित आइतबार, फाल्गुण २७, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले हेल्थ पोष्ट देखि पश्चिम जानेबाटोमा नाला निर्माणको कार्य सम्पन्न गरेको छ ।

नगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷८१ को बजेटबाट १ हेल्थ पोष्ट देखि पश्चिम जानेबाटोमा पक्की नाला निर्माणको कार्य सम्पन्न गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

नगरपालिकाले साथी कन्ट्रक्सन एण्ड सप्लार्यस इनरुवासंग ५ लाख ४९ हजार ५५२ रुपैयाँ २४ पैसाको लागतमा नाला निर्माणको कार्य सम्पन्न गरेको प्रमुख भण्डारीले बताउनुभयो ।

पक्की नाला निर्माण भएपछि स्थानीयवासीलाई पानी निकासका लागि सहज भएको स्थानीयको भनाई रहेको छ । नाला नहुदा पानी निकासका लागि निकै समस्या हुदै आएकोमा नगरपालिकाले नाला निर्माण गरेपछि सहज भएको स्थानीयवासीको भनाई रहेको छ ।

नाला नभएका कारणले बर्षाको समयमा आउने बाढीको पानी र घरबाट निस्कने पानी बग्नका लागि समस्या हुदै आएको थियो । तर नाला निर्माण भएपछि समस्याबाट मुक्त भएको स्थानीयवासीको भनाई रहेको छ । पछिल्लो सयम इनरुवा नगरपालिकाले गरेको कार्य सराहनीय रहेको स्थानीयवासीको दाबी रहेको छ ।

बाहिरमा बिभिन्न किसिमको हल्ला गरेको जस्तो नभइ इनरुवा नगरपालिकाले राम्रोसंग काम गरिररहेको स्थानीयवासीको भनाई रहेको छ ।
इनरुवा नगरपालिकाको बजेटले भ्याए सम्म इनरुवा १० वटै वडामा बिभिन्न विकास निर्माणको कार्य गर्नुका साथै अन्य क्षेत्रमा समेत काम गरिरहेको स्थानीयवासीको भनाई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]