१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालिम देवानगञ्जमा

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, आषाढ ०१, २०८०

देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिकाको आयोजनामा भइरहेको ८ दिने मेलमिलाप सम्बन्धि तालिमको उद्घाटन गरिएको छ । असार ७ गते सम्म संचालन हुन गइरहेको मेलमिलाप सम्बन्धि तालिमको उद्घाटन पालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले गरेको थिइन ।

समाजमा भइरहेका विवादहरुलाइ स्थानिय स्तरबाटै समाधान गर्न र जनचेतना जोगाउने उदेश्यले आधारभुत तालिम दिइन लागिएको हो । साथै देवानगञ्ज गाउँपालिकाले हरेक वडामा मेलमिलाप समिती गठन गरि समाजलाइ सम्मुनत तर्फ डोर्याउने लक्ष समेत लिएको छ ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष कुमारी विभा यादवले हरेक वडामा समिती गठन गरिने र तालिममा सिकाइएका कुराहरुलाइ ब्याबहारमा उतार्न सबैलाइ आग्रह गरेकि थिइन । कार्यक्रममा उपाध्यक्ष कुमारी विभा यादव, प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेल, विभिन्न वडाका वडाअधक्षहरु र न्यायिक समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]