०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

नगर प्रमुख भण्डारीद्धरा खोप केन्द्रको अनुगमन

Logo
अजित झा प्रकाशित बिहिबार, चैत्र ०१, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले खोप केन्द्रको अनुगमन गर्नुभएको छ ।

नगरपालिकाले नगर क्षेत्र भित्रका ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई लक्षित गरेर आयोजना गरेको दादुरा–रुवेला खोप केन्द्रको अनुगमन गर्नुभएको हो ।

इनरुवा ५ स्थित सुर्य किरण एकेडमीमा रहेको खोप केन्द्रमा गएर नगर प्रमुख भण्डारीले अनुगमन गर्नुभएको इनरुवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निखिल पोखरेलले जानकारी दिनुभयो ।

नगर प्रमुख भण्डारीले अनुगमनका क्रममा बालबालिकाले लगाएको खोप, छुट भएको बालबालिकाको अवस्था, लगाउनका लागि बाकी रहेका बालबालिकाको संख्या लगायतका बिषयमा जानकारी लिनुभएको थियो ।

सरकारले लक्ष्य निर्धाण गरेको उमेर समुहका बालबालिका नछुटने हिसाबले खोप अभियान सञ्चालन गर्नका लागि इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।
नगर क्षेत्रमा रहेका सरकारले उमेर समुह तय गरेका सम्पूर्ण बालबालिकालाई दादुरा–रुवेला बिरुद्धको खोप लगाउनका लागि आग्रह गर्नुभयो ।

अनुगमनका क्रममा इनरुवा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख निखिल पोखरेल, स्वास्थ्य शाखाका सन्तोष देव, मिश्रीलाल मेहता लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका लोदाई बहरदारका छोरा राहुल बहरदारले आज बिहान आ त्म हत्या गरेका छन्। उनले आफ्नो घरभन्दा करिब डेढ किलोमिटर पश्चिममा रहेको मकैबारीमा मसला रुखमा झुन्डिएर ज्यान लिएका हुन्। स्थानीयहरूका अनुसार राहुल केही दिनदेखि मानसिक तनावमा देखिएका थिए। उनी प्रेमीकाको विवाह अरू कसैसँग भएको खबर पाएपछि चिन्तित भएका थिए। स्थानीयहरूले […]

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]