१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

इनरुवा–५ का एक सय जेष्ठ नागरिकलाई परिचयपत्र वितरण

Logo
अजित झा प्रकाशित बिहिबार, चैत्र ०१, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–५ बलहामा रहेका १ सय जना जेष्ठ नागरिकलाई बिहिबार जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ ।

इनरुवा नगरपालिकाले पहिलो पटक इनरुवा ५ मा रहेका जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेलले जानकारी दिनुभयो ।

इनरुवा ५ मा ६ सय जेष्ठ नागरिक रहेकोमा १ सयलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको उहाँले बताउनुभयो । जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रमलाई निरन्तरता दिदै वडा क्षेत्र भित्र रहेका सबै जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

नगरपालिकाले ६० बर्ष पुरा भएकालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गर्दै आएको छ । जेष्ठ नागरिक परिचयपत्र पाएका नागरिकले औषधी उपचारमा छुट, यातायातमा छुठ लगायतका अन्य सेवा सुविधा पाउने वडा अध्यक्ष पोखरेलले बताउनुभयो ।

जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिताकुमारी मेहता लगायतको सहभागीता रहेको थियो । परिचयपत्र पाएपछि जेष्ठ नागरिक खुसी भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । नेपाली मुस्लिम समाज सुनसरीले प्रधानमन्त्रि पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । नेपाली मुस्लिम समाज सुनसरीका एक प्रतिनिधि मण्डलले विभिन्न माँग तथा ध्यानाकर्षण सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत बुझाएको हो । सो ज्ञापन पत्रमा नेपाल बहुजातिय , बहुधार्मिक एवं बहुसाँस्कृतिले भरिएको देश हो । बहुजातिय , बहुभाषिक बहुधार्मिक , बहुसाँस्कृतिक […]

विराटनगर । मोरङमा सभा, सम्मेलन गर्न रोक प्रशासनले रोक लगाएको छ । विराटनगर १५ र १७ नम्बर वडामा बुधबार दुई समूहको झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै भेला र सम्मेलन गर्न रोक लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहद्धारा जारी सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको […]

इलाम । बिदाबाहेक सधैंजसो अनिवार्य कार्यालयमा उपस्थित हुने धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार भने कार्यालयमा थिएनन् । उनी इलाममा हुने चुनावी सभालाई सम्बोधन गर्न इलाम पुगेका छन् । उनले इलाम पुगेर इलाम २ मा डकेन्द्रसिं थेगिमलाई भोट गर्न अपिल गरेका छन् । मङ्गलबार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले स्वतन्त्र उम्मेदवार थेगिमलाई भोट […]