०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

७० प्रहरीले गराए गिरी फाउन्डेसनद्वारा आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच

Logo
नमो संवाददाता प्रकाशित शनिबार, चैत्र ०३, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । पछिल्लो समय समाज सेवामा तल्लीन रहेका अभिषेक गिरीद्वारा स्थापित गिरी फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरमा ७० जना प्रहरीले स्वास्थ्य जाँच गराएका छन् ।

फाउन्डेसनले पारस मल्टिस्पेसियालिटी हस्पिटलको समन्वयमा शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रांगणमा शिविरको आयोजना गरेको थियो ।

जसमा ७० प्रहरीले स्वास्थ्य जाँच गराएर निःशुल्क रूपमा औषधी लिएको फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले जानकारी दिए ।

विपन्न वर्गका बिरामीलाई मध्यनजर गर्दै आयोजना हुँदै आएको शिविरमा यसपटक जनताको सेवामा अनवरत रूपमा तल्लीन रहने प्रहरीलाई समेटिएको गिरीको भनाइ छ ।

‘आफ्नो स्वास्थ्यको ख्याल नराखी, घाम-पानी नभनी खट्ने प्रहरीका लागि शिविरको आयोजना गरेका हौं,’ उनले भने, ‘चेकजाँच गरी औषधी वितरण गर्‍यौं । डाक्टरहरूले केही बिरामीलाई थप उपचारका लागि अस्पताल जान सुझाउनु भएको छ ।’

फाउन्डेसनले प्रत्येक शनिबार निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिइरहेको छ । हाल विराटनगरका १९ वटै वडामा र विस्तारै अरू पालिकामा पनि शिविर गर्ने योजना रहको गिरीले बताए ।

विपन्न वर्गका बिरामीले स्वास्थ्योपचार नपाइरहेको परिस्थितिलाई मध्यनजर गरेर स्वास्थ्य शिविर चलाइएको उनको भनाइ छ ।

पारस हस्पिटलका वरिष्ठ कन्सल्ट्यान्ट जनरल एवम् ल्याप्रोस्कोपी सर्जन डा. रफिउर रहमानले शिविरमा स्वास्थ्य जाँच गराउनेहरू सामान्य बिरामी रहेको सुनाए ।

उनले भने, ‘यहाँ जचाउनेमध्ये किड्नी र पित्तथैलीमा पत्थरी, पाइल्सलगायत समस्या मैले देखेँ । पर्याप्त एक्सरसाइज हुँदा पनि पानी कम पिउने बानीका कारण पनि स्वास्थ्य समस्या निम्तिएको देखियो ।’

पारस हस्पिटलका प्रबन्ध निर्देशक हेमनारायण मेहताले अस्पतालको पहुँचबाट टाढा रहेका विपन्न वर्गका सर्वसाधारणलाई मध्येनजर गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न थालिएको बताए ।

शिविर गर्ने स्थानदेखि स्वास्थ्य सामग्रीसम्ममा लाग्ने खर्च व्यवस्थापनसम्म फाउन्डेसनले गर्ने र चेकजाँच अस्पतालले गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]