२७ भाद्र २०८१, बिहिबार
12-09-2024 , Thu
×

पार्टीलाई बलियो बनाउन एक ढिक्का हुन आवश्यक : नेता गच्छदार

Logo
अजित झा प्रकाशित आइतबार, चैत्र ०४, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । नेपाली काङग्रेसलाई बलियो बनाउनका लागि सबै एक ढिक्का हुन आवश्यक रहेको पूर्व उपप्रधान मन्त्री तथा नेपाली काङग्रेसका केन्द्रिय सदस्य बिजयकुमार गच्छदारले बताउनुभयो ।

नेपाली काङग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्तासंगको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता गच्छदारले सो कुरा बताउनुभएको हो ।

नेपाली काङग्रेस बलियो भएन भने लोकतान्त्रनै कमजोर हुने भएकाले लोकतान्त्रलाई जोगाउन र अहिलेको व्यवस्थालाई ठिक ढङगले अगाडि बढाउनका लागि नेपाली काङग्रेसलाई बलियो बनाउन आवश्यक रहेको उहाँले दाबी गर्नुभयो ।

पछिल्लो समय देशको राजनीतिक गतिबीधि सहि ट्रयाकमा अगाडि नबढेको उहाँले बताउनुभयो । देशको राजनीतिकलाई सहि ट्रयाकमा अगाडि बढाउनका लागि नेपाली काङग्रेसलाई मजबुत पार्टीको रुपमा स्थापित गर्न आवश्यक रहेको नेता गच्छदारले बताउनुभयो ।

नेपाली काङग्रेस मजबुत नभएका खण्डमा लोकतन्त्र, गणतन्त्र र संविधाननै खतरामा पर्ने भएकाले यी सबै उपलब्धीको रक्षाका लागि नेपाली काङग्रेस मजबुत हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । नेपाली काङग्रेसलाई मजबुत बनाउनका लागि वडा, प्रदेश, क्षेत्र, जिल्ला देखि केन्द्र सम्मका नेता तथा कार्यकर्ताले आ–आफनो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्य तथा अनुशासन समितिका सदस्य राजिव कोइराला, पूर्व राज्यमन्त्री सिताराम मेहता, पार्टी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, इनरुवा नगरपालिकाका उपप्रमुख बिनिता मेहता, दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदार, पार्टीका सुनसरी उपसभापति पंकज महतो, सुनसरी सचिब बिरेन्द्रकुमार साह लगायतको सहभागीता रहेको थियो ।–––

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न […]

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् ।  उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज […]

इलाम । इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको साताअघि इलाम सदरमुकामको चोकबजारमा बिहीबार ‘नो भोट’ भन्दै सयौंको भिडमा कार्यक्रम चलिरहेको छ । अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका छन् । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका छन् । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्टिूय झन्डा […]