०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

सपोर्ट लघुवित्तको हरिनगरमा एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

Logo
अजय मण्डल प्रकाशित सोमबार, चैत्र ०५, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्र प्रमुखहरुको लागि वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी नामक एक दिने गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड हरिनगर शाखाको आयोजना र केन्द्रीय कार्यालय इटहरीको सहकार्यमा हरिनगर गाउँपालिका ४ स्थित शिव मन्दिर परिसरमा रहेको सभाहलमा सम्पन्न भएको हो।

हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत प्रमुख अतिथि रहेको उत्त कार्यक्रममा जेष्ठ नागरिक केन्द्र नं. ०६६ की रेखा देवी मण्डल सभाअध्यक्षको रुपमा रहेको थियो ।

उक्त कार्यक्रममा साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुवित्त कर्जा र बचत सम्बन्धि व्यवसाय दर्ता, व्यवसायको योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गरिएको थियो ।

सपोर्ट लघुवित्त वित्तीय संस्थाले समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यपारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने हरिनगर शाखाको शाखा प्रमुख बिनोद मेहताले जानकारी दिनुभएको छ ।

प्रशिक्षकको रुपमा केन्द्रीय कार्यालय इटहरीको अनुगमन तथा अनुपाना, कर्जा तथा जोखिम व्यवस्थापन विभागको विभागिय प्रमुख तथा कार्यक्रम संयोजक संजय कुमार चौधरी र आन्तरिक लेखा परिक्षण विभागको सोकेन्द्र कुमार रायको यपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा बिभिन्न केन्द्रहरुबाट केन्द्र प्रमुख, उप प्रमुख, सदस्य गरी ७० जना भन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरु र उत्तकृस्ट बचतकार्ताहरु लाई खादा, माला र मायाको चिनो प्रदान गरी सम्मान समेत गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]