१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

देवानगञ्ज न्यायिक समितिको आफ्नै इजलास कक्षको उद्धघाटन, सुरु गर्‍यो काम

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, आषाढ ०७, २०८०

फोटो : ब्रहमदेव मेहता/नमो अनलाइन

देवानगञ्ज । स्थानीय सरकार गठन भए देखि आफ्नै कार्यकक्षबाट न्याय सम्पादनका कार्य गरिरहेका देवानगञ्जका न्यायिक समिति संयोजक यतिबेला इजलासका लागि बेग्लै कार्यकक्ष बनाएका छन् । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष न्यायिक समितिमा संयोजक रहने संवैधानिक व्यवस्था छ । जसले एक वर्षसम्म कैद हुन सक्ने फौजदारी मुद्दा, मेलमिलाप हुन सक्ने देवानी मुद्दा र २५ लाख रुपैयाँसम्म विगो भएको घर बहाल र घर बहाल सुविधा भएको मुद्दा न्यायिक समितिको क्षेत्राधिकारमा पर्छ ।

अधिकांश पालिकाहरूमा आफ्नो छुट्टै इजलास कक्ष नभएको वेला देवानगञ्ज गाउँपालिकाले बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता र उपाध्यक्ष कुमारी विभा यादवले संयुक्त रुपमा नव निर्मित इजलास कक्षको उद्धघाटन गरेका छन् ।

 

उद्धघाटन पस्चात नमो अनलाईन डट. कम. संगको कुराकानीमा पालिका अध्यक्ष बेचनप्रसाद मेहताले भने “न्यायिक समितिमा अलग्गै इजलास कक्ष स्थापना गर्ने कानुनी प्रावधान अनुरुप प्रभावकारी रुपमा न्याय निरुपणका लागि छुट्टै इजलास कक्ष स्थापना गरेको हुँ” । उहाँले थपे ‘इजलास नहुँदा संयोजकले आफ्नै कार्यकक्षमा छलफल गर्ने गरेको थियो, अन्य सेवाग्राही पनि आउने भएकोले दुबै पक्ष खुलेर कुरा गर्न सक्दैन थियो ,यसले न्यायिक सम्पादन गर्न समस्या हुने गरेको जस्ता समस्याको अव समाध भएको छ ।’ छुट्टै इजलास कक्षले अन्यायमा परेका सेवाग्राहिहरुले सहजतरिकाले न्याय पाउने र न्यायिक समिति संयोजकले पनि सहज तरिकाले काम कारबाही अगाडि बढाउन पाउने बताउनुभयो।

 

पालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक कुमारी विभा यादवले एउटै कार्यकक्षबाट सबै काम गर्नुपर्दा हैरानी भएको भन्दै न्यायिक समितिको छुट्टै इजलास बनाएको बताएकी छिन् । सेवाग्राहीलाई गोप्य सेवा दिन नपाउँदा काम प्रभावकारी नभएकाले छुट्टै कार्यकक्ष बनाएको हो। इजलास कक्षको स्थापनापछि सेवा प्रवाहमा सहज हुने न्यायिक समिति संयोजक तथा उपाध्यक्ष यादवले बताउनुभयो । उनले भनिन्, ‘सबै काम एउटै कार्यकक्षबाट गर्दा समस्या थियो, अहिले सहज भएको छ । पीडितहरूले पनि सुरक्षित महसुस गर्ने छ ।’

 

अहिले देवानगञ्जको न्यायिक समितिमा २१७ ओटा उजुरी परेको छ। पुरानो १३२ र नयाँ ८५ ओटा रहेको छ। जस्मा मेलमिलापको माध्यम बाट ३२ ओटा समाधान गरिएको छ, ११ ओटा इजलास बाट फैसला गरिएको छ भने २ ओटा जिल्ला अदालत सुनसरीमा पाठाएको छ र बाँकी अरू प्रक्रियामा रहेको संयोजक यादवले जानकारी गराइन्।

उदघाटन कार्यक्रमा न्यायिक समितिका सदस्य कमलेश यादव, प्रमानन्द पाल, प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल, वडा नं. ३ का अध्यक्ष अनिल भगत, वडा नं. ५ का अध्यक्ष मनोज मण्डल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादीको नामा हिंसात्मक गतिविधि गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार ताप्लेजुङको फुङलिङमा एमाले सचिव योगेश भट्टराईलाई लक्षित गरी भएको आक्रमणलाई लिएर एमालेले आपत्ति जनाएको हो। कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै पहिचानवादीको नाममा भएको अराजक गतिविधि प्रति खेद व्यक्त गरेका छन् । एमाले कार्यकर्ता सवार सवारी […]

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा सुरु भएको छ । सोमबार दिउँसो १२ः ३० मा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरु, सांसदहरु, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् । बैठकमा रास्वपाको मधेश प्रदेश सभापति र महामन्त्री पनि सहभागी भएका थिए । पार्टी स्थापनायता रास्वपाको यो सबैभन्दा […]