१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

हाटपलोटको जग्गा खाली गराउन देवानगञ्ज गाउँपालिकाको शुक्रबार १० बजे सम्मको अल्टिमेटम

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, आषाढ ०७, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाइन

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका भित्र पर्ने देवानगञ्ज बजार स्थित अतिक्रमण गरेको हाटपलोटको जग्गा खाली गर्न पालिकाले शुक्रबार १० बजे सम्मको अल्टिमेटम दिएको छ ।

पालिकाले बिहिबार एक सुचना जारी गर्दै खालि गराउन निर्देशन दिएको हो। “प्रस्तुत विषयमा यस देवानगञ्ज गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०७९/०८/२३ गतेको बैठकको निर्णय अनुसार देवानगञ्ज गा.पा. वडा नं. २ स्थित देवानगञ्ज हाटबजारको स्वामित्वमा रहेको साविक देवानगञ्ज गा.वि.स. वडा नं. २, कि.नं. ७, ८, ११, १२, २३, २५, २६, २७, २८ र कि.नं. १०४ का जग्गाहरु विभिन्न व्यक्तिहरुले अतिक्रमण गरि भोगचलन गरिरहेकाले उक्त जग्गाहरु खालि गराउन ३५ दिने सूचना यस गा.पा. बाट जारी भएकोमा सो म्याद सकिसकेको अवस्था छ । सो सूचना उपर अतिक्रमित गरिएकाहरु मध्येका दिप नारायण भगत समेतले श्री सुनसरी जिल्ला अदालतमा मुद्दा नं. ०७९-CP-१५५५ भएको निषेधाज्ञा मुद्दा देवानगञ्ज गाउँपालिकाको कार्यालय, देवानगञ्ज समेतलाई प्रतिवादी बनाई मुद्दा दर्ता गराएकोमा कारवाही चली मिति २०८० / ०३/०४ गते श्री सुनसरी जिल्ला अदा बाट सो रिट निवेदन खारेज फैसला भएकोमा उपरोक्त अतिक्रमित जग्गाहरु खालि गराउन मिति २०८० / ०३ / ०८ गते दिन तोकिएको हुँदा सो अतिक्रमित जग्गामा पर्ने घर टहराहरु तथा अन्य अवरोधहरु मिति २०८० / ०३/०८ गते बिहान १०:०० बजे अगाडी हटाउनुहुन आदेश अनुसार अनुरोध छ अन्यथा उक्त घर टहराहरु तथा अन्य
अवरोधहरु भत्काइने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।” पालिकाले जारी गरेको सूचनामा भनिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]