१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

देवानगञ्ज गाउँपालिकाको बजेट ५५ करोड रुपैयाँ

कृषि क्षेत्रलाई विशेष प्राथमिक्ता
Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, आषाढ १०, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाइन

देवानगञ्ज । सुनसरीको दक्षिण वर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८० र ८१ का लागि ५५ करोड ९२ लाख ९८ हजार ९ सय रुपैयाको बजेट सार्वजनिक गरेको छ ।

पालिकाको १३ औँ नगरसभामा आइतवार पालिका अध्यक्ष बेचनप्रसाद मेहताले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो भने उपाध्यक्ष कुमारी विभा यादवले बजेट सार्वजनिक गर्नुभएको हो।

आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्ताव गरिएका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आवश्यक श्रोत साधन परिचालनका लागि गरिएका प्रवन्ध पेश गर्दै रु.५५ करोड ९२ लाख ९८ हजार ९ सय रुपैया कुल खर्च हुने गरि बजेट प्रस्ताव पेश गर्नु भएको छ । जसमा चालुतर्फ रु. ३५ करोड १६ लाख ९८ हजार ९ सय रुपैया अर्थात कुल बजेटको चालुतर्फ ६२.८८ प्रतिशत र पुँजिगत तर्फ २० करोड ७६ लाख रुपैया अर्थात कुल बजेटको पुँजिगत तर्फ ३७.१२ प्रतिशत हुने अनुमान गरिएको छ। गाउँपालिकाको आन्तरिक आय अन्तर्गत शुल्क, राजश्व तथा विविध श्रोतबाट ७५ लाख उठाउने लक्ष्य राखिएको छ ।

नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दै पालिका अध्यक्ष मेहताले कृषि क्षेत्रलाई विशेष प्राथमिक्ता राखी प्रस्तावित बजेट निर्माण गरिएको बताउनुभयो। पालिकाको चौतर्फी विकाशको निती अवलम्बन गरी कृषि, शिक्षा, स्वास्थ्य र विकाश निर्माणको कार्यक्रम ल्याएको बताउनुभयो। पालिका भरी पुर्ण विधुतीकरण गर्ने योजनालाई मूर्त रुप दिई कृषकलाई मोटर वितरण गर्ने, जैविक मलको प्रयोग बढाउने जस्ता कार्यक्रमहरू प्राथमिक्तामा रहेको बताउनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]