०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

मोटरसाइकल एक आपासमा ठोक्किँदा २५ वर्षीय युवकको मृत्यु

Logo
नमो संवाददाता प्रकाशित आइतबार, चैत्र १८, २०८०

तस्विर : फाईल

राैतहट । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठाेक्किँदा एकजनाकाे मृत्यु भएकाे छ।

यसरी मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन् । आज बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप्प उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उनकाे निधन भएको प्रहरीले जनाएकाे छ।

रौतहटको हुलाकी राजमार्गमा बौधिमाई नपा ४ इनर्वारीका २५ बर्षीय सुरेश पासवान र परोहा नपा जिगडवा निवासी अलियासको मोटरसाइकल एक आपसमा ठक्कर दिँदा ठूलो दुर्घटना भएको थियो।

दुर्घटना हुँदा खेरी नै बौधीमाई न.पा वडा नं ४ निवासी सुरेश पासवानको अवस्था निकै कमजोर रहेको हुँदा थप उपचारको लागि वीरगंज पठाइएको थियो । तर, अस्पतालले उनलाइ मृतक घाेषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]