०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

कोशी गाउँपालिका स्थित जमुवा नहर चौकमा आगलागी हुँदा लाखौको छती

Logo
नमो संवाददाता प्रकाशित आइतबार, चैत्र १८, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरीको कोशी गाउँपालिका ३ जमुवा नहर चौकमा भिषण आगलागी भएको छ । भिषण आगलागी हुँदा १० परिवारका १९ वटा घर जलेर नष्ट भएको छ । उक्त आगलागिमा करिब ८० लाख रुपियाँ बराबरको घर, मोटरसाईकल, सिटि रिक्सा, धान, चामल, गरगहना र चौपया क्षती भएको पीडितहरुले बताएका छन् । स्थानीय प्रत्यक्षदर्शी मोहमद मियाँका अनुसार आइतबार दिउँसो १ बजेको समयमा कोशी ३ स्थित नहर चौकमा भीषण आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।

स्थानीय कादिर मियाँको घर नजिकै रहेको विधुतको पोलको तार सर्ट भई आगलागी हुँदा मियाँका साथै उहाँको बुबा महम्मद अन्सारी र दाई अबुल कलाम, छिमेकीहरु रशिद अन्सारी, इरफान अन्सारी, समला बानो अन्सारी, आरिफ अन्सारी, इस्माइल अन्सारी, समिउल्लाह अन्सारी र जैनुदिन अन्सारीको घर जलेको छ । पीडितहरुको फुस र जस्तापाता(टिना) ले छाएको घरका साथै खरले छाएको भान्साघर र गाई गोेठको घर सहित १९ वटा घर जलेर नष्ट भएको पीडित मियाँले जानकारी दिनुभएको छ ।

आगलागीलाई दुई घण्टा पछि कोशी गाउँपालिका, बराहक्षेत्र, इनरुवा, रामधुनी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएका दमकलका साथै स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले दर्जन बढी घर जलेको र क्षती भएको अनुमान गरिएको जानकारी दिनुभयो । घटनास्थलमा प्रहरीले स्थालगत थप विवरण संकलन गर्ने कार्य र मुचुल्का गर्ने कार्य गरिरहेको प्रतिकृया दिनुभयो ।

सशस्त्र प्रहरी निरीक्षक पदम पुन सहितको टोली समयमा नै घटना स्थलमा पुगेर आगो निमाउने र दमकल बोलाउने काम समयमा नै गरेकाले करौडो क्षतीबाट जोगिएको स्थानीय पत्रकार पवन रौनीयारले जानकारी दिनुभयो । दिउसोको समयमा हावा बेसरी चलेकाले आगो नियन्त्रणमा लिन समस्या भएको थियो । केहीबेरमा पाँच वटा दमकल एकसाथ परिचालन भएकाले आगो नियन्णत्रमा आएको थियो ।

घटना भएको समाचार बाहिर आएपछि कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, कोशी प्रदेश सभा सदस्य हाजि इसराईल मंसुरी सहितका जनप्रतिनिधिहरु घटना स्थल पुग्नुभएको छ । अग्नी पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउने उहाँहरुले आवश्वाशन दिनुभएको स्थानीय मिकाईल आलमले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]