१२ मंसिर २०८०, मंगलबार
28-11-2023 , Tue
×

शान्ति सुरक्षा माग गर्दै लघुवित्त बैंकर्स संघ सुनसरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, आषाढ ११, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाइन

हरिनगर । नेपाल लघुवित्त बैंकर्स संघ सुनसरीले शान्ति सुरक्षाको माग राख्दै सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल लघुवित्त बैंकर्स संघ सुनसरीका पदाधिकारीहरूले सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानालाई ज्ञापन पत्र बुझाएका हुन् ।

पछिल्लो केही समयदेखि केही व्यक्ति तथा समूहले लघुवित्त विरुद्धको संघर्ष समिति नामको समूहमार्फत संस्थाहरूको कार्यालयमा ताल्चा लगाउने, कर्मचारीहरू माथि हातपात गर्ने, लघुवित्त कार्यक्रम बन्द गर्न लगाउने र विभिन्न धम्की दिएर कर्मचारीहरूको मनोबल गिराउने जस्ता अराजक गतिविधि भइरहेको जानकारी गराउँदै लघुवित्त बैंकर्स संघमा आबद्ध रहेका सुनसरीका ३१ वटा लघुवित्त संस्थाहरुका ९३ जना कर्मचारीहरूको उपस्थितिमा ज्ञापन पत्र बुझाएका छन् । संघले सुनसरी सहित देशका ७७ वटै जिल्लामा कर्मचारीहरूमार्फत ज्ञापन पत्र बुझाएका हुन्।

संघका पदाधिकारीले देशभर पछिल्लो समय घटेको घटनाले आम लघुवित्तकर्मी तथा नागरिकहरूमा त्रासको वातावरण सृजना भएको र त्यस्ता अराजक गतिविधिले देशको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेकोले त्यस्ता समूहका कार्यक्रमलाई बन्द गराई लघुवित्तकर्मीहरूलाई तत्काल शान्ति सुरक्षा कायम गर्न माग गर्दै सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट नै ज्ञापन पत्र बुझाइएको संघमा आबद्ध जीवन विकास लघुवित्त वित्तीय संस्थाको सुनसरी जिल्ला प्रमुख निराजन कुमार साहले जानकारी दिनुभयो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]