०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

प्रदेश सांसदले पुर्वाधार विकास कार्यालयका हाकिमलाई कुटे

Logo
नमो संवाददाता प्रकाशित आइतबार, चैत्र १८, २०८०

तस्विर : नमो अनलाईन

राजविराज । सप्तरीको राजविराज स्थित पुर्वाधार विकास कार्यालयका प्रमुख प्रविण प्रताप अधिकारीमाथि आईतबार कार्यालयमै कुटपिट भएको छ। सीके राउत नेतृत्वको जनमत पार्टीका प्रदेश सांसद महेशप्रसाद यादवले अधिकारीलाई कुटपिट गरेका हुन।

प्रदेश सभामा जनमत पार्टीका संसदीय दलका नेता एवम् मधेश प्रदेशका निवर्तमान शिक्षा मन्त्रीसमेत रहेका यादवले राजविराज नगरपालिका– १३, पिपराहीमा सामुदायिक भवन निर्माण र सोही वडाको बिषहरीयामा आरसीसी ढलान योजनाको चिट्ठी आफुले भनेको व्यक्तिलाई नदिएको भन्दै कुटपिट गरेको अधिकारीले वताए।

‘प्रदेश सरकारको रेडबुकमा रहेको १०÷१० लाख रुपैयाँको दुईवटा योजनाको चिट्ठी लिन राजविराज नगरपालिका वडा नं १३ का वडा सदस्य चन्द्रिका यादव आउनु भएको थियो’ अधिकारीले भने –‘तर, कर्मचारीहरुले दुवै योजना सञ्चालनका लागि कोटेसनको सुचना निस्किएको जानकारी दिएर पठाएका थिए।’

त्यसपछि वडा सदस्य यादवले सांसद यादवसँग फोनमै गुनासो गरेका थिए। लगत्तै कार्यालयमा पुगेका सांसद यादवले हातपात गरेको अधिकारीको भनाई छ। उनले हातपात गर्दा जनमत पार्टीबाटै निर्वाचित प्रदेश सभा सदस्य सकिल अली, शम्भु साह तथा जनमत पार्टीकै तर्फबाट निर्वाचित हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर विरेन्द्र माझी समेत सँगै रहेको उनको भनाई छ।

निवर्तमान मन्त्री यादवले भने हातपातको कुरा अस्विकार गर्दै सामान्य धकेलाधकेल भएको वताए। योजनाको चिट्ठी दलाल मार्फत बिक्री गर्न खोजेकाले आवेशमा आएको उनको भनाई छ। सप्तरीका सीडीओ किरण थापाले कर्मचारीमाथि दुर्व्यवहार भएको जनकारी आएको वताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]