१२ मंसिर २०८०, मंगलबार
28-11-2023 , Tue
×

जीवन विकास लघुवित्त सुनसरीले हर्सो उल्लासका साथ मनाए धान दिवस

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, आषाढ १५, २०८०

देवानगञ्ज । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जीवन विकास लघुवित्त वित्तीय संस्थाको सुनसरी जिल्ला अन्तर्गतका १० ओटा शाखाले जिल्ला भरि आफ्ना सदस्यहरु सँग दही चिउरा खाँदै धान रोपाई गरी हर्सो उल्लासका साथ मनाएका छन्।

किसानहरूको सारथिको रुपमा चिनिएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आयोजना गरेको धाण रोपाई कार्यक्रममा हर्सो उल्लासका साथ सदस्यहरु , स्थानीय किषान र कर्मचारीहरु सहित जिल्ला भरिका ४५० जना सहभागी भएका थिए।

कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएका कारण सरकारले असार १५ राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएकोले जीवन विकासले पनि विगतका दिन देखि नै विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाउदै आइरहेको जिवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड सुनसरीका प्रमुख निराजन कुमार साहले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]