०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

योजना बद्ध रुपमा रामनगर भुटाहामा युवा माथी हमला, टुलुटुलु हेरी रहे प्रहरी

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, चैत्र २२, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका स्थित रामनगर भुटाहामा एक युवालाई एक पछले सामुहिकरुपमा निर्घात कुटपिट गरेको छ ।

SEE परिक्षा दिन रामनगर भुटाहा स्थित बालकृष्ण उच्च माध्यमिक विद्यालय आएकी बहिनीलाई लिन आएका हरिनगर गाउँपालिका – ३ घर भएका जिवन मेहतालाई निर्घात कुटपिट गरिएको हो ।

सुरुआती जानकारी अनुसार जिवन मेहताले समाजिक सञ्जाल फेसबुकमा “मुस्लिम समुदाय र धार्मिक ग्रंथ कुरान” को बारेमा गलत तथा भ्रामक कुरा लेखेको बिषयलाई लिएर कुटपिट गरिएको जनाईएको छ।

हेर्दा घटना समान्य लागे पनि योजना बद्ध रुपमा गट्नालाई अन्जाम दिएको देखिन्छ। घर बनाउन प्रयोग गरिने छड्, बाँसको भाटा, पाईप, हेलिमेन्ट लिएर कुटपिट गरिएको भिडियोमा सहजै हेर्न सकिन्छ । साथै गेलन/जारमा कुटपिट गर्ने पक्षले पेट्रोल भरेर समेत ल्याएको जानकारी प्राप्त भएको छ ।

यता प्रत्यक्ष दर्शीहरुका अनुसार कुटपिट भईरहदा परिक्षा केन्द्रमा सुरक्षाको लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले कुनै प्रकारको कदम नचालेको कारण भिड्ले उग्र रुप लिदै मेहतालाई निर्घात कुटपिट गरिएको हो ।

बिद्यालय अगाडीबाट कुटपिट गर्न सुरु गरेको भिड्ले मेहतालाई घिसार्दै बजारमा रहेको एक्सेल डेवलपमेंट बैंक सम्म लग्दा सम्म प्रहरी प्रसाशन टुलुटुलु हेरी रहेको एक प्रत्यक्ष दर्शिले नाम नबताउने शर्तमा नमो अनलाईन डटकमलाई बताए।

गम्भिर घाईते भएका मेहताको धरान स्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जनाईएको छ ।

यता सोही विषयमा नेपाल प्रहरी सुनसरी जिल्लाका प्रवक्तालाई ९८५२०५४७२८ मा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]