०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

दुई चौथाईभन्दा बढी सदस्यहरुको लिखित अनुरोधमा कोशी प्रदेश सभाको अधिवेशन आह्वन

Logo
गणेश लम्साल प्रकाशित बुधबार, चैत्र २८, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । मुख्यमन्त्री केदार कार्कीको सिफारिसको मितिभन्दा अगाडि नै कोशी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ।

दुई चौथाईभन्दा बढी सदस्यहरुको लिखित अनुरोधमा प्रदेश प्रमुख परशुराम खापुंगले कोशी प्रदेश सभाको अधिवेशन ६ बैसाख २०८१ का लागि आह्वन गरेका हुन्।

मुख्यमन्त्री कार्कीले २५ चैतमा कोशी प्रदेश सभाको अधिवेशन ११ जेठमा बोलाउन सरकारकोतर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए।

नेपालको संबिधानको धारा १८३ को उपधारा ३ बमोजिम दुई चौथाई सदस्यहरुको लिखित अनुरोधमा ६ बैसाखमा प्रदेश प्रमुखले कोशी प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रमुखको कार्यालयका प्रवक्त्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

एमाले र माओवादी केन्द्रले सोमबार सरकारबाट सर्मथन फिर्ता लिएपछि मुख्यमन्त्री केदार कार्कीले अविश्वासको प्रस्ताव छल्न डेढ महिनापछि ११ जेठमा कोशी प्रदेश सभाकाो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको आरोप लगाएका थिए।

उनीहरुले मुख्यमन्त्रीको सिफारिसभन्दा अगाडि नै गत सोमबार दुई चौथाई सांसदको हस्ताक्षरसहित प्रदेश सभाको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए।

एमाले र माओवदीले सरकारबाट सर्मथन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले एक महिनाभित्र राजिनामा दिनुपर्ने वा संसदबाट विश्वासको मत लिन आग्रह गर्दै आएका छन्। विश्वासको मत पनि नलिए र राजीनामा पनि नदिएमा मुख्यमन्त्रीविरुद्ध संसदमा संकल्प प्रस्ताव पारित गराउने एमाले माओवादीको चेतावनी छ।

यता मुख्यमन्त्री काकीले चाहिँ आफू धारा १६८ को ५ अनुसार नियुक्त्त भएकोले राजिनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान लिँदै आएका छन्। उनले आफूलाई जबरजस्ती गरे न्यायका लागि अदालत जाने बताएका छन्।

कार्की २७ असोजमा कांग्रेसकाआठ बागी सांसद लिएर एमालेका ४० जना सांसदको सर्मथनमा धारा १६८ को ५ अनुसार कोशी प्रदेशको दोस्रो कार्यकालका लागि पाँचौँ मुख्यमन्त्री नियुक्त्त भएका थिए।

उनले गत १ कार्तिकमा प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। तर, मुख्यमन्त्री कार्कीले सहकार्यमा धोका दिएको भन्दै सरकारमा सहभागी भएको एमाले पहिले नै सरकारबाट बाहिरिएको थियो। माओवादी केन्द्र eg] आफ्ना तीन मन्त्रीलाई २५ चैतमा राजीनामा दिन लगाएर सरकारबाट बाहिरिएको थियो।

कोशी प्रदेश सभामा एमालेका ४० कांग्रेसका २९ माओवादी केन्द्रका १३ राप्रपााका ६ एकीकृत समाजवादीका चार र जनता समाजवादीको एकजना सांसद छन्। कोशीमा बहुमतको सरकारका लागि ४७ सांसद आवश्यक पर्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]