०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

इटहरीको ट्याङ्रा खोला किनारका दर्जनौँ संरचना भत्काइयो

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, चैत्र २९, २०८०

तस्विर : नमो अनलाईन

इटहरी । इटहरी उपमहानगरपालिकाले खोला सरसफाइ अभियानलाई तीव्रता दिएको छ । खोला किनारामा रहेका दर्जनौँ संरचनाहरू हटाउँदै उपमहानगरले सफाइ अभियान थालेको थियो । अभियान थालेको १६ दिनमा सात किलोमिटर दुरी भित्रको क्षेत्रलाई सफाचट बनाएको छ ।

चैत १३ गतेबाट ट्याङ्रा खोलाको सिरान इटहरी २ बाट थालेको अभियान १६ दिन पार गर्दा वडा नम्बर ९ मा आइपुगेको छ । सो अवधिमा सात किलोमिटरको दुरी पार गरेको सफाई अभियानको संयोजक तथा वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले बताए ।

यस बिचमा १४ वटा आरसिसी (पक्की) घर तथा संरचना, दुई सय वटा भन्दा बढी सुँगुरको खोर, ढुङ्गाको वाल लगाइएका संरचनाहरू भत्काइएको संयोजक चौधरीले बताए ।

‘हामीले वडा नं २ बाट सुरु गरेको अभियान १५ दिन पूरा हुँदा ३,४,६, हुँदै वडा नं ९ मा प्रवेश गरेको छ । यसबिचमा ७ किलोमिटर खोला सफाई सकेका छौँ । चार किलोमिटर सफाई गर्न बाकी छ’ संयोजक चौधरीले प्रदेश खबरसँग भने ।

कतिपय स्थानमा भएका चर्च, ठुला भवन तथा संरचना भत्काउन कागज गरेर दुईदेखि १० दिनको समय दिएको समेत उनले बताए । बाँकी रहेको चार किलोमिटर क्षेत्रमा १० वटा आरसिसी भवन र अन्य धेरै संरचनाहरू रहेको संयोजक चौधरीले जानकारी दिए ।

यस्ता भवन तथा संरचनामध्ये निजी घर, सरकारी तथा सामुदायिक भवन, विद्यालय, चर्च समेत छन् । गाईबस्तुका गोठ, सुँगुर र बाख्राका खोर पनि छन् ।

इटहरी उपमहानगरपालिकाले गत चैत १३ गतेदेखि खोला सफाई अभियानसँगै टेङ्ग्रा कोरिडोर कार्यक्रमलाई पनि अगाडि बढाइरहेको छ ।

इटहरी उपमहानगरका तीन वटा एक्स्काभेटर र दुई वटा जेसिबीले टेग्राखोलाको क्षेत्राधिकार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]