१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

कांग्रेस परित्याग गरेका वीरेन्द्र केएम रास्वापा प्रवेश

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, आषाढ २१, २०८०

देवानगञ्ज । पत्रकार वीरेन्द्र केएमको नामबाट प्रसिद्ध बिरेन्द्रकुमार मेहता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

रास्वपाका सभापति रवी लामिछानेले उनलाई पार्टीमा प्रवेश गराएका हुन् । सुनसरी स्थित देवानगंजका स्थायी बासिन्दा रहेका केएम केहि दिन अघि मात्र सार्वजनिक रूपमा नेपाली कांग्रेस परित्याग गरेका थिए ।

अन्तराष्ट्रिय पत्रकारको रूपमा स्थापित केएम सुनसरी २ बाट संसदीय राजनीति गर्ने भन्दै केहि वर्ष अघि नेपाली कांग्रेसमा समाहित भएपनि कांग्रेसले संसदीय टिकट नदिएपछी उनी पार्टीमा असन्तुष्ट रहेका थिए ।

नेपाली कांग्रेस परित्याग गरेपछि उनले जनमत पार्टीका अध्यक्ष सिके राउत र रास्वपा सभापति रवी लामिछानेसँग भेटघाट तथा छलफल भैरहेको बताएका थिए ।

केएमलाई अब बस्ने रास्वपा केन्द्रिय कार्यसमितिको बैठकबाट केन्द्रिय सदस्य र रिसर्च तथा अनुसन्धान विभागमा जिम्मेवारी दिने सम्झदारी रहेको रास्वपाका एक नेताले बताए ।

यता रास्वपाको कोशी प्रदेश समितिले केएमलाई जनसम्पर्क विभागको प्रदेश उपप्रमुखको जिम्मेवारी दिएर नाम सार्वजनिक गरेको छ ।

दुई दशकदेखि पत्रकारितामा रहेका केएम नागरिक टाइम्सका सम्पादक र एबिपी न्युज नेटवर्क, ईन्डियाका नेपाल संवाददाता हुन् ।

उनी त्रिभुवन विश्वविद्यालय अन्तरगत आर आर कलेज काठमाडौंबाट पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]