०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

ठेक्का लागेको दुई वर्षपछि सुर्यविनायक नगरपालिकाका दुई वडा जोड्ने पुलको शिलान्यास

Logo
नमो संवाददाता प्रकाशित शनिबार, बैशाख ०१, २०८१

तस्विर : नमो अनलाईन

भक्तपुर । भक्तपुरमा एउटा पुल ठेक्का लागेको दुुई वर्षपछि शिलान्यास गरिएको छ । जिल्लाको सुर्यविनायक नगरपालिका वडा नंं. ४ र ७ लाई जोड्ने महादेव खोलाको पुल निर्माणका लागि २०७८ सालमा टेण्डर भई ठेक्का लागेपनि अहिले शिलान्यास गरिएको हो ।

१५ मिटर लम्बाई र ११ मिटर चौडाईमा निर्माण हुने पुल निर्माणका लागि भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय भक्तपुरले दुई करोड ९४ लाख रुपैयाँमा ठेक्का लगाएको थियो। सो पुलको शुक्रवार मात्र प्रदेश सांसद किरण थापाले शिलान्यास शिलान्यास गरे। शिलान्यास समारोहलाई सम्बोधनगर्दै सांसद थापाले पुल निर्माण सम्पन्न भएपछि सुर्यविनायक नगरपालिकाका मात्र नभएर काठमाडौं ललितपुर हुँदै वैकल्पिक मार्गहुँदै काभ्रे जाने यात्रुलाई समेत सुविधा पुग्ने बताए ।

शिलान्यास समारोहमा पुर्व मन्त्री एवं एमाले महेश बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख इश्वर थापा, सुर्यविनायक नगरपालिका वडा नं.४ का अध्यक्ष लक्ष्छुराम न्यौपाने, वडा नं. ७ का अध्यक्ष रबिन्द्र सापकोटा लगायतले पुल निर्माणसंगै यस क्षेत्रका स्थानीयवासीलाई ठुलो फाइदा पुुग्ने बिचार व्यक्त गरेका थिए । शिलान्यास भएसंगै निर्माण शुरु गरिएको पुल एक वर्षभित्रमै सम्पन्न गर्नेगरी कामगर्ने निर्माण कम्पनिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]