०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

सुनसरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँँदा २० वर्षीय युवकको घटनास्थलमै मृत्यु

Logo
नमो संवाददाता प्रकाशित आइतबार, बैशाख ०२, २०८१

तस्विर : नमो अनलाईन

इटहरी । सुनसरीमा नयाँ वर्षकै दिन मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २० वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार बराहक्षेत्र नगरपालिका ३ हर्दियास्थित कालाबञ्जर–बाङ्गे भित्री पक्की सडकखण्डमा कालाबञ्जरबाट बाङ्गेतर्फ आँउदै गरेको को ३६ प २५६७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकको दाँया साइडमा रहेको नालामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बराहक्षेत्र ७ बस्ने २० वर्षीय सञ्जीव माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार माझीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार सोही ठाउँका २३ वर्षीय विशाल कोइराला घाइते भएका छन् ।

उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटना राति १०ः३० बजेतिरको रहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]