१२ मंसिर २०८०, मंगलबार
28-11-2023 , Tue
×

ऐतिहासिक फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा सौगात मल्ल

Logo
मोहन ढकाल प्रकाशित शनिबार, आषाढ २३, २०८०

देवानगञ्ज । ऐतिहासिक राजनीतिक घटनामाथि बन्न लागेको फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् ।

फिल्मका निर्देशक रिमेश अधिकारीका अनुसार बुधबार निर्माण कम्पनी र अभिनेता मल्लबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आगामी चैतदेखि छयाङ्कन गर्ने तयारी रहेको फिल्ममा सौगातको पात्रबारे खुलाइएको छैन् । निर्देशक अधिकारीले अन्य कलाकारहरू तय गर्ने क्रम बाँकी रहेको बताए । तर मल्ललाई शीर्ष भूमिकामा अनुबन्ध गरेको उनले जानकारी दिए ।

इतिहासविद्हरूसँग छलफल गरेर तथ्यहरू तयार पारिएकाले फिल्म काल्पनिक नहुने उनको भनाइ छ । काठमाडौं र चितवनमा फिल्मको छायांकन हुने उनले जानकारी दिए । प्रमुख महिला पात्रमा भने अभिनेत्री नम्रता श्रेष्ठको चर्चा छ । यसअघि ‘नालापानी’ निर्माण गरिसकेका अधिकारीले त्यसमा भएका कमिकमजोरीलाई सुधार गर्दै ‘कोतपर्व’लाई उत्कृष्ट बनाउने जानकारी दिए ।

फिल्म नेपालीसहित हिन्दी र चिनियाँ भाषामा पनि ल्याइने उनले बताए । चिनियाँ वितरकसँग पनि चीनमा रिलिज गर्नेबारे छलफल भइरहेको अधिकारीले जानकारी दिए । फिल्मको पोस्ट प्रोडक्सन मुम्बईको स्टुडियोमा गर्ने तयारी छ । विक्रम सम्वत १९०३ असोज २ गते भएको कोतपर्वपछि जंगबहादुर राणा शक्तिमा आएका थिए । त्यसपछि १०४ वर्षसम्म नेपालमा जहाँनिया राणाशासन चलेको थियो ।

रिमेश अधिकारी फिल्म्स प्रोडक्सन प्रालि र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो । छोटेलाल रौनियार र शारदा खड्का अर्याल निर्माता रहेको फिल्मको पटकथा महेश दवाडीको छ । फिल्मको सहनिर्मातामा राजेन्द्र ढकाल र राजाराम सुवाल छन् भने कार्यकारी निर्मातामा शिव चन्द्र छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वर्ल्डलिङ्क’लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै […]

हरिनगर । नेपालमा टिकटक आजदेखि नै बन्द गरिने बताइएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। त्यसपछि आजदेखि नै टिकटक बन्द गर्ने तयारी गरिएको हो। टिकटकले समाजमा नकारात्मक प्रभाव पारेको भन्दै नेपालमा तत्कालाई टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्। […]

काठमाडौं । बलिउडका चर्चित अभिनेताको रूपमा चिनिँदै आएका अजय देवगनले अहिलेसम्म सय भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन्। फिल्ममा अभिनयलाई प्राथमिकता दिँदै आएका उनी आफ्ना फिल्मको प्रचारप्रसारमा देखिन्छन्। अजयले अभिनय गरेका पुराना फिल्महरू अझै पनि चर्चामा छन्। बलिउड फिल्मकर्मी पुरानो फिल्मको सिक्वेल बनाएर धेरै आम्दानी गर्दै आएको देखिन्छ। यसै क्रममा अजयको फिल्म ‘दीवानगी’ को सिक्वेल बन्ने भएको छ। यस फिल्मलाई अनिस बज्मीले निर्देशन […]