०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का नाममा भएका सम्पत्ति लिलामी प्रक्रियामा

Logo
नमो संवाददाता प्रकाशित आइतबार, बैशाख ०२, २०८१

तस्विर : नमो अनलाईन

विजयपुर । वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का नाममा नेपालका विभिन्न स्थानमा भएका सम्पत्ति बैङ्कले लिलामी बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ ।

प्राइम बैङ्कले चैत २८ गते लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरेर प्रक्रिया अघि बढाएको हो । बैङ्कले विभिन्न स्थानका घरजग्गा, सवारी साधन तथा कम्पनीहरू लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरेको छ । बैङ्कले पटक–पटक मौखिक तथा लिखित जानकारी गराउँदा पनि ऋणको किस्ता, ब्याज, हर्जाना नबुझाएको र पटक–पटक सूचना प्रकाशित गर्दा पनि ऋण नबुझाएकाले लिलाम बिक्रीका लागि पुनः सात दिने सूचना प्रकाशित गरेको जनाएको छ । बैङ्कले लिलाम बिक्रीबाट ऋण असुल उपर नभएमा ऋण लिने व्यक्ति तथा संस्थाका साथै जमानी बस्ने व्यक्तिको घरघरानाबाट पनि ऋण असुल उपर गर्ने सूचनामा उल्लेख गरेको छ ।

बैङ्कले प्रा.लि.का अध्यक्ष शिवकुमार लामिछाने, सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा (दियाली), प्रकाश लामगादे, विष्णुमाया विश्वकर्मा, रीना राई, सरिता कालिकोटे, शम्भु मोक्तान, शुभराज खाती, कानूनी सल्लाहकार अवइन्द्र निरौला, रोशना मोक्तान, अम्बरबहादुर विश्वकर्मालगायतका नाममा रहेका सम्पत्ति लिलाम बिक्री गर्न लागेको जनाएको छ ।

यस्तै श्रीपा सुपर मार्केट स्टोर प्रा.लि., वराह नेशनल इन्भेष्टमेण्ट प्रा.लि., बागमती प्रदेश ०१–०२६ च ६३३५ नम्बरको गाडी, वराह डिपार्टमेण्ट स्टोर प्रा.लि., बागमती प्रदेश ०१–०२६–प ३०९७ को नम्बरको गाडी पनि लिलाम बिक्री गर्न लागेको सूचना निकालेको छ । यस्तै टाइम्स रेमिट प्रा.लि.को लिलाम बिक्री गर्ने सूचना पनि जारी गरेको छ ।

बैङ्कले पटक–पटक ताकेता गर्दा पनि साँवा, साँवाको किस्ता, हर्जानामा ब्याज रकम नतिरेकाले लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरेको भनिएको छ । यस्तै शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्दा बैङ्कको सम्पूर्ण रकम असुल उपर गरि लिने भएकाले धितोमा रहेको सम्पत्ति लिलाम बिक्री हुने सूचना पुनः प्रकाशित गरेको हो ।

धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री हुन नसकी बैङ्कले धितो सकार गर्नुपरेमा वा लिलाम बिक्रीबाट बैङ्कको सम्पूर्ण बक्यौता असुल उपर नभएमा रकमको हदसम्म कानून बमोजिम ऋणीहरू र व्यक्तिगत जमानतकर्ताहरूको घरघरानाबाट असुल उपर गर्न असुली प्रक्रिया अगाडि बढाइने तथा सम्बन्धित सबैलाई कर्जा सूचना केन्द्रको सूचीमा नाम समावेश गरी पठाउने पनि बैङ्कले जनाएको छ ।

यस्तै सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले ठगी मुद्दामा बयान पनि दिएका छन् । रोशन राईको जाहेरीले नेपाल सरकार वादी भएको ठगी मुद्दामा विश्वकर्माले चैत २७ गते बयान दिएका हुन् । अदातलले विश्वकर्माविरुद्ध २०८० भदौ ५ गते ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यस्तै गत मंसिर २४ गते दिपक तामाङको जाहेरीले नेपाल सरकार वादी रहेको बैंकिङ कसुरको  मुद्दामा वराह ज्वेलरी इन्डिष्ट्रीज प्रालिका मान बहादुर विक सहित २ जनाले चैत २७ गते अदालतमा बयान दिएको देखिन्छ । उनले जिल्ला न्यायधिश सन्तोष प्रसाद पराजुलीको इजलासमा बयान दिएको श्रेस्तेदारले जारी गरेको दैनिक पेशी सूचीमा उल्लेख छ ।

ब्लाष्ट खबरबाट साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]