०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

सबैभन्दा महँगो हिमालयन र कुमारी बैंक, सस्तो ब्याजमा ऋण दिने हालतमा यी बैंकहरु

Logo
नमो संवाददाता प्रकाशित सोमबार, बैशाख ०३, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं । बैैंकहरुको ब्याजदरमा घट्दो ट्रेन्ड छ । बैंकहरुको निरन्तर ब्याजदर घट्दा मुद्दती निक्षेपमा पैसा राख्ने निक्षेपकर्ताभन्दा कर्जा लिने ग्राहकलाई धेरै फाइदा भएको देखिएको छ ।

बैंकहरुले बैशाख महिनाका पनि निक्षेपको ब्याजदर घटाएका छन् । हाल निक्षेपको औसत ब्याजदर ७.०६ प्रतिशत कायम भएको छ ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटीरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैंकहरुको लागत पनि घटेको छ । लागत घट्दा बैंकहरुको आधार दर (बेस रेट) महिनैपिच्छे घटन् थालेको छ । आधार दर घट्दा बैंकबाट कर्जा लिने ग्राहकलाई ब्याजदर सस्तो पर्न जान्छ ।

हाल बैंकहरुको औसत आधार एकल अंकमै छ । बैंशाख महिनाको औसत आधार दर ८.८५ प्रतिशत छ । बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ ।

बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । बैङ्कहरूको आधार दर अनुसार फरक–फरक हुनसक्छ । तर, अहिले बैङ्कहरूले सहज रूपमा एकल अङ्कको ब्याजदरमै ऋण लगानी गर्ने अवस्थामा देखिएका हुन् । बैंकबाट ऋण लिन चाहानेहरुले पनि आधार दर हेरेरै कर्जाका लागि बैंक छनोट गर्छन् । हाल बैंकहरुबाट ऋण लिँदा अधिकतम १४ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्ने देखिन्छ ।

हाल सबैभन्दा धेरै कम आधार दर भने स्ट्याण्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकको देखिएको छ । हाल स्ट्याण्डर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.६२ प्रतिशत छ । यी बैंकबाट ऋण लिँदा कम ब्याजदर पर्ने देखिएको हो । यस्तै, नेपाल बैंक र एभरेष्टबाट ऋण लिँदा पनि सस्तो ब्याज पर्ने देखिन्छ । हाल यी दुई बैंकको आधार दर क्रमशः ८.२७ प्रतिशत र ८.३९ प्रतिशत छ ।

हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दर ८.४७ प्रतिशत, नबिलको ८.६१ प्रतिशत, प्रभुको ८.६२, सानिमाको ८.६७, सिद्धार्थको ८.७५, ग्लोबल आइएमईको ८.७७ र कृषि विकास बैंकको ८.८८ प्रतिशत छ ।

यस्तै, माछापुच्छ्रे बैंकको आधार दर ९.०१ प्रतिशत, नेपाल एसबिआईको ९.०३ प्रतिशत, एनआइसी एशियाको ९.१३, एनएमबिको ९.१३, सिटिजन्सको ९.५८, लक्ष्मी सनराइजको ९.६४ प्रतिशत छ ।

सबैभन्दा धेरै आधार दर भने हिमालयन बैंकको देखिएको छ । बैंकको आधार दर ९.८५ प्रतिशत छ । यता, प्राइम बैंकको ९.६७ प्रतिशत, कुमारीको ९.७४ प्रतिशत रहेको छ ।

बेस रेटकै आधारमा भने सबेभन्दा धेरै ब्याज हिमालयन बैंकको देखिएको छ। बैंकबाट ऋण लिँदा ग्राहकले अन्यको तुलनामा बढी ब्याज तिर्नु देखिन्छ । यस्तै, कुमारी बैंकको पनि अहिलको अवस्थामा महँगो पर्न जाने देखिन्छ ।
यद्यपि यी दुवै बैंकहरुको आधार दर एकल अंकमै छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]