१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

इको फोरम ग्लोबल गुइयाङमा नेपाली टोलीको उत्साहजनक सहभागीता

Logo
नमो अनलाईन प्रकाशित सोमबार, आषाढ २५, २०८०

देवानगञ्ज । पारिस्थितिक सभ्यताको विषयवस्तुमा रहेको विश्वव्यापी मञ्च ‘इको फोरम ग्लोबल गुइयाङ २०२३’ आइतबार दक्षिणपश्चिम चीनको गुइझाउ प्रान्तको राजधानी गुइयाङमा सम्पन्न भएको छ । यस वर्षको फोरम ‘मानवता र प्रकृति बीचको सद्भावको आधुनिकीकरणलाई पछ्याउँदै–हरियो र कम कार्बन विकासलाई बढावा दिँदै’ भन्ने नारामा आयोजना गरिएको थियो ।

 

शनिबार र आइतबार सम्पन्न फोरममा चीनको मौसम प्रशासनले जलवायु परिवर्तन सम्बन्धी निलोपत्र जारी गरेको छ । जसले चीन, एसिया र विश्वभरका नयाँ जलवायु प्रवृत्तिहरूको विश्लेषण गर्दछ ।

 

फोरम मानिस र प्रकृतिबीचको सामञ्जस्यपूर्ण सहअस्तित्वको आधुनिकीकरण र हरित तथा न्यून कार्बन विकासलाई प्रवद्र्धन गर्ने विषयमा केन्द्रित रहेको नेपाली प्रतिनिधि मण्डलकी सदस्य सांसद भगबती चौधरीले जानकारी दिइन् ।

 

‘प्रकृति र मानिस विचको अन्तरद्वन्द्वलाई कम गरी दुवैको सहअस्तित्वलाई संरक्षण गर्न र हरित तथा न्यून कार्बन विकासमा फोरमले जोड दिएको छ । १४ वटा पर्यावरणीय सभ्यता निर्माण र हरित विकासमा ग्लोवल सहमति गरेको छ ।’ चौधरीले बताइन् । फोरममा नेपाली प्रतिनिधिमण्डलले उत्साहजनक रुपमा सहभागिता जनाएको चौधरीले जानकारी दिइन् ।

 

उक्त समारोहमा इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर (आइयुसिएन) ले आफ्नो हरित सूचीमा राखेका चीनका १३ वटा प्राकृतिक सम्पदाका लागि अवार्ड पनि दिएको थियो । फोरममा ४२ देश र क्षेत्रहरूबाट २५०० भन्दा बढी प्रतिनिधिहरु सहभागी थिए ।

 

‘इको फोरम ग्लोबल २०२३’ मा भाग लिन गएको नेपाली प्रतिनिधि मण्डलले गुइझउस्थित भूगर्भीय संग्रहालयको भ्रमण गरेको छ । उपसभामुख इन्दीरा राना नेतृत्वको टोलीले इको ग्लोवल फोरममा भाग लिँदै आइतबार उक्त संग्रहालयको समेत अवलोकन गरेको हो ।

 

भ्रमण दलमा पूर्वमन्त्री सांसद भगबती चौधरी, सांसदद्वय डा. चन्दा कार्की र मैना कार्की सहित संसद सचिवालयका उपसचिब बिमलराज जोशी छन् । टोलीले त्यहाँको राष्ट्रिय डाटा सेन्टर समेतको अवलोकन गरेको सांसद चौधरीले जानकारी दिइन् । उप–फोरम अन्तरगत ‘इम्प्लिमेन्टिङ ग्लोबल डेभलपमेन्ट पहल, हरियो र कम–कार्बन विकासको सुविधा दिने’ शीर्षकमा नेपाली प्रतिनिधि मण्डल औपचारिक पोशाकमा भाग लिएका थिए ।

 

फोरममा सहभागी हुँदै गर्दा नेपाली भ्रमण टोलीले चीनको प्राचिन शहर किङ्गयानको पनि भ्रमण गरेका थियो । प्रतिनिधिमण्डल आज स्वदेश फर्कँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ।  इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह ९हमास० बीच गाजामा सुरु भएको चार दिने युद्ध विरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले सोमबार जनाएको छ । इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मंगलबार सकिँदै थियो । कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद […]

गजामा युद्धविराम भएको दोस्रो दिन प्यालेस्टाइनको अतिवादी समूह हमासले १७ बन्धक छाडेको छ। सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो। बदलामा इसराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ। इसराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इसराइल पुर्‍याइ अस्पताल लगेको […]

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलका अधिकारी सम्झौताको नजिक रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ । हमासका नेता इस्माइल हानियाले रोयटर्ससँग भनेका छन्, ‘हामीले कतार मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छौं र हामी एक संघर्षविराम सम्झौताको निकट छौं ।’ इजरायलले भने यसबारे कुनै प्रतिक्रिया […]