०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

चैत मसान्तसम्म दुई सय १६ जना पक्राउ

Logo
नमो संवाददाता प्रकाशित सोमबार, बैशाख ०३, २०८१

तस्विर : नमो अनलाईन

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा विभिन्न मुद्दामा एक सय २१ वर्ष कैद सजाय सुनुवाइ भएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाटमार्फत बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको समय अवधिमा विभिन्न मुद्दाका एक सय २१ वर्ष दुई महिना चार दिन कैद सजाय तोकिएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरूबाट २३ लाख ४७ हजार ७७८ हजार रुपियाँ जरिवाना वापत् राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षको सोही समय अवधिमा दुई सय ६८ वर्ष दुई महिना दुई दिन कैद सजाय तोकिएका एक सय ७७ जनालाई पक्राउ गरिएको र उनीहरूबाट सात लाख ४६ हजार ९८३ रुपियाँ राजस्व सङ्कलन भएको प्रनाउ डाँगीले जानकारी दिनुभयो ।

यो आर्थिक वर्षको चैत मसान्तसम्ममा एक हजार ८६ वटा विभिन्न शीर्षकमा मुद्दा दर्ता भएको र सोसँग सम्बन्धित पाँच हजार ८१ जना व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गरिएको उहाँले बताउनुभयो । जसमध्ये कर्तव्य ज्यान, जबरजस्ती करणी, मानव बेचबिखनलगायतका जघन्य प्रकृतिका ६४ वटा मुद्दा दर्ता भएको र ५४ वटा मुद्दा फर्छ्यौट भएको छ ।

लागू औषध सम्बन्धी एक सय ३० वटा मुद्दामा संलग्न दुई सय ६ जनालाई पक्राउ गरिएको छ । सवारी दुर्घटनाका ४७ मुद्दा दर्ता भएको छ । उक्त दुर्घटनामा परी ४६ जनाको ज्यान गएको छ भने पाँच जना घाइते बनेका छन् । सवारी दुर्घटना मुद्दामा संलग्न ३७ जनालाई पक्राउ गरिएको प्रनाउ डाँगीले जनाकारी दिनुभयो ।

त्यसै गरी अवैध भन्सार छली चोरी पैठारीबाट दुई करोड २९ हजार ६० रुपियाँ राजस्व सङ्कलन गरिएको छ । उक्त कार्यमा संलग्न ३७ जनालाई पक्राउ गरिएको र ४० वटा सवारी साधन बरामद गरिएको छ । घरेलु हिंसा सम्बन्धी पाँच सय ९२ मुद्दा दर्ता भएका छन् । जसमध्ये पाँच सय १९ वटा महिला पीडित र ७३ वटा पुरुष पीडित सम्बन्धी रहेको उहाँले जानकारी दिनुभयो ।

बैङ्किङ कसुरका दुई सय ८, ठगी तथा आपराधिक लाभका १८ र जुवाका तीन गरी आर्थिक अपराध सम्बन्धी दुई सय २९ मुद्दा दर्ता भएका छन् । साइबर अपराध सम्बन्धीको सामाजिक सञ्जाल प्रयोग गरी आर्थिक लाभ लिएको १८ वटा मुद्दा दर्ता भएकोमा पाँच वटा फर्छ्यौट भएको र १३ वटा अनुसन्धानमा रहेका छन् । सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेका ८० वटा उजुरी परेकोमा दुई वटा फर्छ्यौट गरिएको र बाँकी ७८ वटा सम्बन्धित निकायमा पठाइएको छ ।

यस वर्षको चैत मसान्तसम्ममा समुदाय प्रहरी साझेदारीमार्फत विभिन्न चार सय ३२ वटा सचेतनामूलक कार्यक्रम गरिएको र जसबाट २० हजार २६३ जना लाभान्वित भएको बाँके प्रहरीले जनाएको छ ।

सोही अवसरमा बाँके जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीसँग पनि पत्रकार परिचयात्मक कार्यक्रम गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]