१४ जेठ २०८१, सोमबार
27-05-2024 , Mon
×

चोरी भएको मोटरसाइकल सहित ६ दिन पछि चोर पक्राउ

Logo
नमो संवाददाता प्रकाशित सोमबार, बैशाख ०३, २०८१

तस्विर : नमो अनलाईन

विराटनगर । झापाको इलाका प्रहरी राजगढले चोरी भएको मोटरसाइकल ६ दिन पछि आइतबार चोर सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार गत चैत्र २८ गते झापाको कचनकवल-१ घेरावारिबाट ६० वर्षीय नरेन्द्र चोङवाङको प्रदेश ०१-०१-०१३ प ६२८१ नम्बरको सुपर स्पेण्डर मोटरसाइकल चोरी भएको थियो ।

चोरीको मोटरसाइकल सहित फरार रहेका मोरङको उर्लाबारी-५ का ३० वर्षीय दीपक मर्डीलाई प्रहरीले आइतबार दिउँसो झापाको कन्काई-२ सेल्फी डाँडाबाट पक्राउ गरेको छ ।

चोरीको मोटरसाइकल सहित पक्राउ परेका मर्डीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । विराटनगरको पोखरीया माध्यमिक विद्यालय देशभरमा उत्कृष्ट विद्यालय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विराटनगरको पोखरिया मावि देशभरबाट पहिलो स्थानमा पर्न सफल भएको हो । पोखरिया माविबाट ३६० जना विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएर देशभरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट बन्दै पहिलो नम्बरमा नाम समावेश भएको छ । […]

विराटनगर । कोशि प्रदेशस्थित गिरी फाउन्डेसनले मोरङ कारागारमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी कैदीबन्दी लाभान्वित भएका छन् । शनिबार फाउन्डेसनले पारस हस्पिटलको समन्वयमा गरेको शिविरमा पाँच सयभन्दा बढी कैदीबन्दीहरूले सेवा लिएका हुन् । स्वास्थ्य शिविरमा थाइराइड, ब्लडप्रेसर, सुगर, दम र छालासम्बन्धी रोगलगायतको परीक्षण गरिएको पारस हस्पिटलका वरिष्ठ फिजिसियन डाक्टर सन्दीप पन्तले जानकारी दिए […]

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यलय प्रवेशद्वारमा फोहोर फालेको भन्दै सडक विभाग अन्तरगत रहेको सडक डिभिजन काठमाडौंले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै मिनभवन स्थित कार्यालयको गेटमा महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । डिभिजनको गेटमा देशकै ठुलो […]